बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ ज्ञानज्योती माध्यामिक विद्यालयमा मानव बेचविखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्धको एकदिने विद्यालय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ‘उद्वार रोकथाम र पुनस्थापनाको माध्यामबाट मानव बेचविखन अन्त्य गरौ’ भन्ने मुल नाराका साथ ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र कोहलपुर र थ्रि एन्जल्स नेपाल शाखा कार्यालय कोहलपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५७ जना छात्रा र २९ जना छात्र गरि जम्मा ८६ जनाको सहभागि भएकाथिए ।
कार्यक्रम सहजिकरण थ्रिएन्जल्स नेपाल शाखा कार्यालय कोहलपुरका प्रमुख लोकेन्द्र सुनार र ज्ञानेदय सामुदायिक पुस्तकालयका शिवध्वज शाहीले गर्नु भएको थियो । कार्यक्रममा मानव बेचविखन भनेको के हो, कसरी हुन सक्छ, यसबाट बच्ने उपायहरु के–के हुन् , बेचविखनमा परेकाको उद्वार कसरी गर्न सकिन्छ र बेचविखन तथा दासत्वमा परेकालाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भन्ने बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै ज्ञानज्योती मा.वी कोहलपुरका प्रधानाध्यापक बिनोद लम्सालले कार्यक्रम एकदमै प्रमावकारी भएको र यस्ता कार्यक्रमहरुले विद्यार्थिहरुो बाहीरी ज्ञान बढने र पाठ्यक्रमलाई समेत सहयोग पुग्ने भएकाले कार्यक्रम प्रभावकारी भएको र आगामिदिनहरुका पनि कार्यक्रम गर्नु पर्ने बताएका थिए । कार्यक्रममा सहभागिहरुले मानव बेचविखन ओसारपसार आफुहरुको विद्यालयको पाठ्यक्रममा समेत भएकाले उक्त कार्यक्रम बाट आफुहरुलाई सिकाइमा सहयोगी हुने समेत ब्यक्त गरेका थिए ।