दोस्रो उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा शनिबारदेखी दोस्रो उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुरले बलिङ्ग र उपप्रमुख सञ्जु कुमारी चौधरीले ब्याटिङ्ग गर्दै संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै कोहलपुर क्षेत्रलाई खेलकुदको हबमा रुपमा विकास गर्नका लागि स्थानिय सरकारले आफ्नो नीति तथा कार्यक्रममा खेल क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् । साथै उनले कोहलपुुर महिला क्रिकेटको जन्मथलो भएकाले महिला क्रिकेट खेलाडि उत्पादनमा सबै लाग्नुपर्ने भन्दै विद्यार्थीहरुलाई खेलका माध्यमबाट अन्र्तनिहित क्षमताको विकास गर्नुपर्ने बताएका छन् ।
कोहलपुर नगरपालिकाले गत वर्ष देशमै पहिलो पटक उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता गरेको र त्यसैलाई निरन्तरता दिदैं यस वर्षपनि प्रतियोगिता संचालन गरिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीले जानकारी दिएकी छिन् । साथै उनले स्कुलमा अध्ययन गरीरहेकी छात्राहरुलाई क्रिकेट खेलाडिका रुपमा चिनाउनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन सबैलाई अनुरोध गरेकी छिन् ।
ंकोहलपुर नगरपालिकाको अयोजना तथा मध्यपश्चिम क्रिकेट क्लवको ब्यवस्थापनमा संचालन भएको प्रतियोगितामा पहिलो पटक लेदर बलको प्रयोग गरेर छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिजेता तथा उपविजेता टिमले क्रमशः २१ र ११ हजार नगद तथा ट्रफी प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिता ब्यवस्थापक क्लवका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा कोहलपुर नगर क्षेत्रभित्रका ७ वटा सामुदायिक तथा निजि विद्यालयले सहभागीता जनाएका छन् ।
२ विकेटले लक्ष्मी मा.वि. विजयी
प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा लक्ष्मी मा.वि. विजयी भएको छ । टस जितेर ब्याटिङकालागि मैदानमा उत्रिएको सगरमाथा ज्ञानपुञ्जले निर्धा्रित १५ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन जोडेको थियो । १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाएको सगरमाथाकालागि आयुशा सुनारले सर्वा्धिक १६ रन जोडेकी थिईन भने अनिता शाहीले १२ रन रन जोड्दा सगरमाथाले अतिरिक्त १८ रन प्राप्त गरेको थियो । लक्ष्मी माविकालागि दिलु योगी र बेनिशा नेपालीले समान ३र३ विकेट लिएका थिए । त्यसैगरी पुजा थापाले २ विकेट लिएकी थिईन । ६९ रनको लक्ष्य पछ्याएको लक्ष्मी मा.वि. ले १३ दशमलव ४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । लक्ष्मी माविलाई जित दिलाउने क्रममा पुष्पा बमले १० रन जोडेकी थिईन भने सन्जु चन्द र बेनिशा नेपालीले क्रमशः ८ र ६ रन जोडेका थिए । सगरमाथाका खेलाडीहरुले ३० रन अतिरिक्त दिएपछि लक्ष्मीको जित सहज भएको थियो । सगरमाथाकालागि अनिता शाहीले ३ विकेट लिएकी थिईन भने एमुना थापा र सरिता जिसीले समान २र२ विकेट लिएका थिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच लक्ष्मी मा.वि. की वेनिशा नेपाली घोषित भईन ।
प्रतियोगिता अन्तर्गत भोली आईतबार पहिलो खेल जनज्योती मा.वि. र तक्षशिला एकेडेमी बिच हुने छ भने दोस्रो खेल साईनिङस्टार मा.वि. र दिपज्योती मा.वि. बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिहान ७ बजे र दिनको ३ बजेबाट सुरु गरिने म्याच रेफ्री दिपेन्द्र थापाले जानकारी दिए ।

१४ असार २०७६ मा प्रकाशित
Nabintech