कोहलपुर नगरपालिकाको काम प्रति काँग्रेसको आपत्ति

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले नेपाल सरकारको संवैधानिक कानुन तथा स्थानिय स्वायित्व शासन ऐन विपरित कार्य सम्पादन भईरहेकाले नेपाली काँग्रेस कोहलपुरको गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलन माफत जानकारी गराएको छ ।
नेपाली काँग्रेस कोहलपुर नगरले सोमबार पाटि कार्यलयमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस कोहलपुरका प्रवक्ता यज्ञ बहादुर महराले कोहलपुर नगरपालिकाले बहुमतको आधारमा नगरपालिका संचालन गरिरहेको र विधि र पद्धति विपरित काम गर्ने लागेकोले नेपाली काँगे्रस कोहलपुर नगरले आईतबार विभिन्न माग राख्दै दोस्रो ज्ञापन पत्र कोहलपुर नगर प्रमुख लुट बहादुर रावतलाई बुझाएको थियो । कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले त्यस ज्ञापन पत्रमा भनियका सुझाव विपरित कार्य अगाडि वढाउन खोज्यकोले पार्टिले पत्रकार सम्मेलन मार्फत कोहलपुर नगरवासिलाई जानकारी गराउने लागेको वताए ।
नेपालि काँग्रेसले बुझाएको ज्ञापन पत्रमा कोहलपुर नगर स्वास्थ्य शाखा द्धारा खोलिएको करार कर्मचारी छनौट विज्ञापनलाई लोक सेवा मार्फत गर्नुपर्ने । कोहलपुर नगरपालिका वडा नं.११मा रहेको छोटो दुरिको वसर्पाक निर्माण कार्यमा आएको अवरोधलाई हटाई निर्माण कार्य सुचारु गर्न पर्ने । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष ७५÷०७६ मा कोहलपुर नगरपालिकाले गरेको योजनाहरुको सार्वजनिक सुनुवाई गर्नु पर्ने लगाएतका मागहरुलाई सहितको ज्ञापन पत्र बुझाएको छ । यस्तै अवरुद्ध नगर सभालाई सुचारु गर्नु पर्ने लगाएका कुरा माग गरिएको महराले जानकारी गराएका थिए ।
कोहलपुर नगरपालिकाले आफुहरुले राख्येका मागहरु पुरा नगरेमा नेपाली काँग्रेस कोहलपुरले विभिन्न आन्दोलन गर्न वाध्यहुने कोहलपुर नगरसभापति वलराम शर्माले
वताए । कोहलपुर नगरपालिकाले प्रत्येक्ष जनतासंग जोडिएका योजनाहरु कोहलपुर पिपल चौतारा देखि रझेना जाने वाटो र त्रिपुरागंन देखि गोरखा स्कुलहुदै सुर्खेत रोडमा जोड्ने वाटो कालोपत्रे गर्ने कार्य टेण्डर गरेर पनि योजना विभिन्न वाहानामा नगरपालिकाले टेक्का केन्सील गरेको वताए । नगरपालिकाले कमिसनको कारणले नै रोकिएको आरोप समेत शर्माले वताए । नगरपालिकाले अहिले सम्म लेखा समिति निर्माण गर्न तर्फ कुनै चासो नदेखाउनुले पनि कोहलपुर नगरमा अनियमिता अत्यन्त धेरै भएको हुन सक्ने वताए । यस्तै पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका वडा नं. १०का वडा अध्यक्ष निम वहादुर चलाउनेले कोहलपुर नगरपालिकामा नगरप्रमुखले आफुहरुका कुनैपनि कुरा नसुने गरेको जानकारी गराएका छन् ।नगर प्रमुख निति र विधि विपरित काम गर्दै आएको वताए । यसै अनुरुप कोहलपुर नगरपालिकाको नगरकार्यपालिका द्धारा पास गरिएका निति तथा कार्यक्रम रातारात फेरवदल गरेको सभामा ल्याएकाले आफुहरुले सम्सोधन प्रस्थाव दर्ता गरेको ति प्रस्तावहरु माथि छलफल नगरेर आफु खुसि बहुमतका आधारमा जान खोज्दा आफुहरुले सभा वहिस्कार गरेको वताए । यसरी नै कोहलपुर नगर प्रमुख अगाडि वढ्न खोज्नेहो भने नेपालि काँग्रेस चुप्प लागेर नवस्ने समेत वताए । यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपालि काँग्रेस नगर सचिव भुम भण्डारीले कोहलपुर नगरपालिकाले आफनै नगरपरिषदमा रहेको केन्टनि समेत विक्रि हुदा सकेत नगरपालिकामा कुनै अभिलेख नरहेको समता वताए । यस्तै कोहलपुर नगरपालिकाले विभिन्न लक्षित वर्गका कार्यक्रमहरु ४५ दिनको भनेर वजेट विनियोजन गर्ने तर १५ दिन संचालन गरेर रकम भुक्तानी गर्ने गरेको समेत पाईएको
वताए । यसरी कोहलपुर नगरपालिका संचालन गर्ने तर्फ नेकपाका मेयर लागी पर्ने हो भने कोहलपुर नगर काँग्रेसले विभिन्न आन्दोलन गर्ने वाध्य हुने समेत जानकारी गराउन चाहेको वताए ।

१६ असार २०७६ मा प्रकाशित
Nabintech