निजि विद्यालयको मुख्य समस्य शिक्षक परिर्वतन

पिपलबाेट संवाददाता


विद्यालयमा हरेक वर्ष बिभिन्न कारणले शिक्षक परिवर्तन हुने गर्छन् । यसरी बिभिन्न समयमा विद्यालयका शिक्षक परिर्वतन हुँदा बालबालिकाको पढाइ मात्र होइन अन्य विभिन्न कुरामा पनि समस्या हुन सक्छ । विद्यालय भनेको बालबालिकाको दोस्रो घर हो र यदि त्याँहा पढाउने शिक्षक नै नियमित नहुने हो र घरि घरि परिवर्तन हुने हो भने अभिभावक तथा विद्यार्थीलाई विभिन्न समस्या हुन सक्छ । विद्यालयमा यसरी शिक्षक परिर्वतन हुदाँ बालबालिकामा कस्तो प्रभाव पर्न सक्छ त रु के भन्छन विद्यालयका प्रिन्सिपलहरु रु
विद्यार्थीले आफ्नो अधिकांश समय विद्यालयमा बिताउने गर्छन् । शिक्षक र विद्यालयप्रति ठुलो विश्वास राखेका हुन्छन् । यतिसम्म विश्वस राखेका हुन्छन कि उनिहरुलाई अभिभावकले भनेको पनि विश्वस लाग्दैन । त्यसकारण यति धेरै विश्वास गरेको आफुलाई पढाउने शिक्षक नै समय समयमा परिवर्तन हुँदा उनीहरु पढाइ मात्र नभएर मानसिक रुपमा पनि कमजोर हुन सक्छन् । ल्याण्डमार्क स्कुलका भाईस प्रिन्सिपल दुर्गा राज थापा भन्छन,“ घरि घरि शिक्षक परिवर्तन गर्नु भनेको विद्यार्थीको भविष्य माथि खेलबाड गर्नु हो ।” यसरि बेला बेलामा शिक्षक परिवर्तन हुदाँ पहिलेको शिक्षकसंग घुल मिल भइसकेकाले फेरि अर्को शिक्षकसंग घुलमिल हुन विद्यार्थीलाई गाह्रो हुन्छ ।” पहिलेको शिक्षकले पढाउने तरिका र नयाँ शिक्षकले पढाउने तरिका पनि फरक हुन सक्छ जसले गर्दा विद्यार्थीलाई पढ्न झन कठिनाइ हुने गर्छ । शिक्षक परिवर्तन हुदाँ विद्यार्थीलाई मात्र होईन विद्यालय व्यवस्थापनमा पनि समस्या आउछ । शिक्षकले विद्यालय परिवर्तन गर्दा अर्को शिक्षक खोज्न विद्यालयलाई समय लाग्ने हुदा विद्यार्थीको समय पनि त्यसै खेर जान्छ । पढाइ मात्र नभएर विद्यार्थीको मनमा शिक्षकको लागि सम्मान पनि हराउदै जान्छ र शिक्षकले भनेको नमान्ने, पढाइ प्रति कम चासो देखाउने जस्ता समस्या पनि देखा पर्छन् ।
लोयलटि एकेडेमीका प्राचार्य योगेश चन्द्र विक्रम सम्बाहाम्फे बताउछन्,“निजी विद्यालयको अहिलेको मूख्य समस्या भनेको नै शिक्षक परिवर्तन हो । शिक्षकहरु अरु कुनै संस्थामा राम्रो अवसर पाउने वित्तिकै विद्यालय छोडिदिन्छन् । यसरी छोड्ने प्रविधि बढदै गयो भने अभिभावक तथा विद्यार्थीको विद्यालय प्रति विश्वास घटदै जान्छ । शिक्षकले यसरी विद्यालय छोड्नुको मूख्य कारण युवाहरुले विद्यालयलाई फुर्सदको समयमा प्रयोग गर्ने थलोका रुपमा लिने गर्छन् । विशेष गरी युवाहरु विद्यालयलाई शिक्षा प्रधान गर्ने माध्यम भन्दा पनि कमाउने माध्यमको रुपमा लिन्छन् र अवसरको पर्खाईमा रहेका हुन्छन । अन्त अलि राम्रो अवसर पाएको खण्डमा विभिन्न बाहाना बनाएर विचमै विद्यालय छाडिदिन्छन । अर्को समस्य भनेको विद्यालयले शिक्षककले भनेअनुसार तलब दिन नसक्नु हो । विद्यार्थीको शुल्क बढायो भने अभिभावकहरुले मान्दैनन् र शुल्क नबढाए पछि शिक्षकको तलब बढाउन पनि गाह्रो हुन्छ । निजी विद्यालयमा सरकारबाट पनि कुनै सहयोग आएको हुदैन । यसकारण शिक्षकले विद्यालय परिवर्तन गर्छन जसको मारमा विद्यार्थीलाई पर्न जान्छ । यसमा विद्यालयलाई पनि त्यतिकै समस्या हुन्छ । अभिभावकहरुले पनि यस विषय प्रति धेरै आलोचना र गुनासो गरिरहेका हुन्छन । शिक्षक परिवर्तन हुदाँ र त्यसबाट उनीहरुको बालबालिकाको पढाइमा परेको प्रभावका कारणले अभिभावकहरु पनि चिन्तित छन् ।
विद्यालयको लापारवाहि वा विद्यालयलाई दोष लगाउन त्यति उचित नभएको कामना स्कुलका प्राचार्य राममणी त्रिपाठि भन्छन् । शिक्षकहरु अवसर पाउने वितिकै अर्को ठाँउमा जान्छन् । कुनै पनि शिक्षकलाई हाम्रो विद्यालयमा पढाउनै पर्छ भनेर रोक लगाउन पनि सकिदैन । कोहि शिक्षकले आफ्नो करियर बनाउनको निम्ति विद्यालय परिवर्तन गर्छन यो ठीक हो तर विद्यालयमा कम्तीमा एक वर्ष अनिवार्य पढाएर परिवर्तन गर्दा राम्रो हुन्छ । विद्यालयमा शिक्षकहरुलाई टिकाईराख्नको लागि विभिन्न सेवा सुविधा प्रधान गरेका हुन्छन तर पनि शिक्षकहरु त्यसरी छोडेर जाँदा विद्यालयलाई धेरै घाटा परिरहेका हुन्छ । साथै विद्यार्थीलाई पनि पढाइमा समस्या पर्न जन्छ ।
घरमा भन्दा बढि समय विद्यार्थीले विद्यालयमा बिताउने गर्छन । त्यसकारण शिक्षक तथा शिक्षिकाले बेला बेलामा विद्यालय परिवर्तन गर्दा पढाइमा छोराछोरि कमजोर हुन्छन कि भन्ने डर अभिभावकहरुको मनमा हुन्छ । अभिभावकहरुको पनि आफ्ना बालबालिकालाई राम्रो शिक्षा प्रदान गर्ने विद्यालय होस् भन्ने चाहाना हुन्छ । यसरी विद्यालयमा पढाउने शिक्षक नै स्थिर नभएपछि पढाइमा स्थिरता कसरी हुन सक्छ । याहि कारणले काठमाडौंको चाबहिलमा बस्ने सीता तामाङले आफ्नो छोरीको भर्खरै विद्यालय परीवर्तन गरेकी छिन् । विद्यालय परीवर्तन गर्नुको मूख्य कारण भनेकै शिक्षकको फेरबदल भएको उनी बताउछिन् । समय समयमा हुने शिक्षकको फेरबदलका कारणले छोरीको पढाई विगिए्रको र बाध्य भएर विद्यालय परिवर्तन गर्नु परेको उनी बताँउछिन् ।
बानेश्वरमा बसोबास गर्ने शर्मिला रेग्मी पनि यस विषयमा चिन्तित छिन् । उनको छोरा रागव रेग्मी अहिले कक्षा ६ मा अध्ययन गरिरहेका छन् । उनीले आफ्नो छोरा एक निजी विद्यालयमा पढाईरहेकि छिन् । तर विद्यालयमा शिक्षक परिवर्तन हुने कारणले आफ्नो बाच्चाको पढाइ बिग्रिने हो कि भन्ने चिन्ता उनलाई लागिरहन्छ । उनी भन्छिन,“ यसरी शिक्षक परिवर्तन भइ राख्ने हो भने विद्यालयको स्तर खस्कीदै जान्छ र हामीहरुको विद्यालय प्रति गरेको विश्वस पनि हरउदै जान्छ” । साथै उनि भन्छिन विद्यालयमा यसरी शिक्षक परिवर्तन भइ राख्नुको मूख्य कारण विद्यालयको लार्पवाहिले गर्दा पनि हो । किनभने शिक्षकहरुलाई राम्रै सेवा सुविधा दिने हो भने यो समस्य कम हुन सक्छ तर विद्यालयले त्यता तिर त्यति चासो दिईएको पाइदैन् ।
यो समस्यालाई कम गर्ने हो भने शिक्षकहरुको लागि विद्यालयले राम्रो वातावरण निमार्ण गर्नुपर्छ । विद्यार्थीको लागि मात्र नभएर शिक्षक शिक्षिकाहरुको कामको सम्मान गर्दै विभिन्न कार्यक्रमको आयोजना गर्नु पर्छ । शिक्षक शिक्षिकाले पाउने सेव सुविधामा राम्रो व्यवस्था हुनुपर्छ । शिक्षक शिक्षिकाहरुको हौसला बढाउन हरेक बर्ष स्कुलले सेवा सुबिधामा ध्यान दिनु आवश्यक छ । साथै आफुले पढाई रहेको विद्यालयमा आफ्नो भविष्य सुरक्षित पार्न सक्छौ भन्ने भावना विद्यालयले जगाईदिन सक्नुपर्छ । शिक्षक शिक्षिकालाई कर्मचारिको रुपमा मात्रै नहेरि एउटै परिवार सम्जिनु पर्छ । आफुले कामगरेको स्कुलमै सबैकुराले राम्रो भयो भने हतपत शिक्षक शिक्षिकाले स्कुल परिवर्तन गर्दैनन् जुन अहिले मुख्य समस्यको रुपमा रहेको छ । यस्ता समस्यले विद्यार्थीको मनोविज्ञानलाई असर त गर्छ नै अभिभावकलाई पनि छोरा छोरीको भविष्य प्रति चिन्तित वनाई राख्छ फलस्वरुप विद्यालय परिवर्तन गर्न बाध्या हुन्छन ।

१९ असार २०७६ मा प्रकाशित
Nabintech