बागेश्वरी सिङिङ्ग आईडलमा २५ जना सेमिफाईनलमा प्रवेश

पिपलबाेट संवाददाता


कविन्द्र परियार/ कोहलपुर असार २० / राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिङिङ्ग आईडलको गला राउण्डबाट २५ जना प्रतिस्पर्धी सेमिफाईनलमा प्रवेश गरेका छन । श्क्रबार सम्पन्न भएको गला राउण्डमा यस अघि पियानो राउण्डबाट छनोट भएका ४० जना प्रतिस्पर्धी मध्येबाट २५ जना सेमिफिाईनलमा प्रवेश गरेका हुन । बाँकेको ५ वटा स्थानीय तहमा सम्पन्न भएको अडिसनबाट सेमिफाईनलमा २५ जनाले प्रवेश गरेका हुन । बाँकी टप टेनले फाईनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अडिसनमा आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, गणेश राना तथा ललित पहाडी लगायतको टिमले निर्णायकको भुमिका निर्वाह गरेका थिए । नेपाल नागरिक उद्यम सहकारी संस्था लि. को मुख्य प्रायोजन रहेको आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त गर्ने आईडल संयोजक ओम शर्माले जनाकारी दिए । आईडलको संचालन संचारकर्मी कल्पना कार्कीले गरिरहेकी छिन ।

२० असार २०७६ मा प्रकाशित
Nabintech