एडभान्स सिलाई कटाई तालिम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर २८ असार/बाँकेको कोहलपुरमा शनिबार एडभान्स सिलाई कटाई तालिमको समापन गरिएकोे छ । कोहलपुर नगरपालिकाको सहयोग तथा गोरखनाथ टे«निङ सेन्टरको आयोजनामा भएको तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख संजु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले महिला लक्षित कार्यक्रमका लागी प्रायाप्त बजेट विनियोजन गरिएको बताउदै महिलाहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गरेर आफ्नो आयआर्जनमा सुधार ल्याउन सकेमा मात्र तालिमको सार्थकता हुने बताईन ।

त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले तालिमले आउने जीवनलाई सहजता प्रदान गर्ने बताउदै दलित समुदायको सिप र कलालाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाल घरेलु तथा साना उद्योग बाँकेका निम्ति कार्यालय प्रमुख उजिर प्रसाद न्यौपानेले तालिमा सिकेका कुरा व्यवहारमा ल्याएर स्वावलम्बन बन्नुपर्ने बताए । तालिममा उत्कृट हुने सहभागी रुप चनारालाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै तालिमका सहभागीहरु मध्येबा २ जनालाई रोजगारी प्रदान गरिने गोरखनाथ ट्रेनिङ सेन्टरले जनाएको छ । गोरखनाथ ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक मधु खड्काको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिक वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापा, वडा नं १३ का वडाध्यक्ष ओम प्रकाश वली योग एवम पतञ्जली समिति प्रदेश नम्बर ५ का सदस्य सिता पौडेल लगायतले आफ्ना भनाई राखेका थिए । तालिममा कोहलपुर नगरपालिका भित्रका ३० जना दलित महिलाहरुको सहभागीता रहेको थियो ।

२८ असार २०७६ मा प्रकाशित
Nabintech