कविन्द्र परियार/कोहलपुर २९ असार,राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिङिङ्ग आईडलको सेमिफाईनल राउण्डमा प्रवेश गरेका २५ जना प्रतिस्पर्धीहरुलाई उत्प्रेरणा मुलक प्रशिक्षण दिईएको छ । कार्यक्रमा गीत संगीत र जीवन परिर्वतनका बारेमा प्रशिक्षण दिईएको आईडल संयोजक ओम शर्माले जानकारी दिए । कार्यक्रममा आईडलको मुख्य प्रायोजक नेपाल नागरिक उद्यम सहकारी संस्थाका लि .का प्रबन्धक ललित पहाडीले सहजीकरण गरेका थिए ।
बाँकेको ५ वटा स्थानीय तहमा सम्पन्न भएकोे अडिसनबाट छनौट भएका २५ जना सेमीफाईनलमा जना प्रबेश गरेका छन । त्यसपछि बाँकी टपटेनले फाईनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अडिसनमा आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, गणेश राना लगायतको टिमले निर्णायकको भुमिका निर्वाह गर्ने भएका छन । आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त आईडल संयोजक ओम शर्माले जनाकारी दिए । आईडलको संचालन संचारकर्मी कल्पना कार्कीले गरिरहेकी छिन