ढकेरीमा एक दिने पशु शिविर सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर २९ असार / बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा शनिबार एकदिने पशु शिविर समपन्न भएको छ । सर्घषशिल साामाजिक उद्यमी महिला सहकारी संस्था लिं.को आयोजना हेफर ईन्टरनेशनलको वित्तिय सहयोगमा संचालन गरिएको सो शिविरमा साना पशुलाई जुकाको औषधी खुवाइएको र ठुला पशुहरुलाई चरचरे र भ्यागुते रोगको भ्याक्सिन लगाईएको सहकारीका कर्मचारी भुपेन्द्र खत्रीले जानकारी दिए ।

पशुहरुलाई लाग्ने रोगहरुबाट बचाउने उद्देश्यले संचालन गरिएको सो शिविरमा करिब ३ हजार ५ सय साना पशुलाई जुकाको औषधी खुवाइएको र करिब ३ सय ठुला पशु भैसी गाई लगायतका पश्हरु लाई भ्याक्सिन दिइएको आयोजकले जानकारी दिएको छ । शिविरमा राप्तीसोनारी गाउँपालिका पशुशाखा प्रमुख जय बहादुर कार्की, कुलविर थारु मुना शर्मा लगायतका पशु चिकित्सहरु भ्याक्सिन दिएको सहकारीकी व्यवस्थापक गीता खनालले जानकारी दिईन । त्यस्तै सहकारीले आगामी सोमबार राप्तीसोनारी–२ राजपुरमा शिविर संचालन गर्ने जनाएको छ

२९ असार २०७६ मा प्रकाशित
Nabintech