राप्तीसोनारी साक्षर गाउँपालिका घोषणा

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर ३१ साउन ,बाँके राप्तीसोनारी गाउँपालिकालाई सोमबार साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका १५ देखी ६० वर्ष उमेर समूहका ९५ दशमलब ११ प्रतिशत नागरिक साक्षर भएको जानकारी गराउदै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले साक्षर गाउँपालिका घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघिय सांसद महेश्वरजंग गहतराज अथकले अबको २ वर्ष भित्रमा नेपालबाट निरक्षरता हटाउने गरी सरकारले काम गरिरेको बताए । साथै उनले शिक्षा विकासको पुर्वाधारको पनि पुर्वाधार भएको बताउदै शिक्षामा लगानी अति आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला साक्षर घोषणा अभियान कार्यक्रमले घोषणा रहेको प्रोत्साहनमा राप्तीसोनारी गाउँपालिकामा जिल्ला समन्वय समिति मार्फत शिक्षा क्षेत्रको विकासका लागि ६ लाख २५ हजार प्राप्त गरेको बताए । त्यस्तै उनले राप्तीसोनारी गाउँपालिका ल्याप्चे रहित गाउँपालिकाका रुपमा स्थापित हुनुपर्नेै बताए ।
राप्ती सोनारी गाउपालिकाको प्रगति विवरण प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र बहादुर माझीले गाउँपालिकामा रहेका १५–६० उमेर समूहका ४८ हजार २६ जनसंख्या मध्ये ४५ हजार ६ सय ७८ जना साक्षर भएके बताए । सो अवसरमा गाउँपालिकालाई साक्षर घोषणा गर्न सहयोग गर्ने विभिन्न संघसंस्था , विद्यालय तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यस अघि कोहलपुर नगरपालिका खजुरा गाउँपालिका जानकी गाउँपालिका साक्षर घोषणा भईसकेका छन ।

३१ असार २०७६ मा प्रकाशित
Nabintech