सिभिल बैंकको ९६ औं शाखा कोहलपुरमा उद्घाटन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सिभिल बैंकले आफ्नो ९६ औं शाखा उद्घाटन गरेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले एक कार्यक्रमका बिच शाखाको उद्घाटन गर्दै कोहलपुरमा बैंकहरु अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पहुँच नभएकाको सारथी बन्नु पर्ने भन्दै बैंक तथा वित्तीय क्षेत्रले कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गर्न जोड दिएका छन् । साथै उनले बैंक तथा वित्तीय क्षेत्रको उपस्थितीले जनतामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको स्थापनासँगै कोहलपुरको विकास तिव्र गतिमा अगाडि गईरहेको बताएका छन् । साथै उनले पयछिल्लो समय बैंकको अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायीका लागि चुनौती बनेको उल्लेख गर्दै बैंकहरुले व्यापारीहरुसँग सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख किरण धमलाले कोहलपुर क्षेत्रमा सिभिल बैंकले सेवाग्राही माझ फरक छाप छोड्ने बताउँदै सेवाग्राहीलाई बढि भन्दा बढी लाभ पुग्ने गरी राम्रो सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्नेमा जोड दिएका छन् । साथै उनले वित्तीय क्षेत्रमा ठुलो परिवर्तन आएको बताउँदै बैंकले त्यस्तै नाफा खान्छन् भन्नु गलत हुने उल्लेख गरे ।
कार्यक्रममा कोहलपुर वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण थापा, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल लगायतको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य शाखा प्रबन्धक बसन्त रेग्मीले गर्दै उनले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै बैंक तथा वित्तीय कारोवारमा सिभिल बैंकलाई अब्बल बनाउने बताएका छन् ।

२ श्रावण २०७६ मा प्रकाशित
Nabintech