कार्यालय सहयोगी देखी कार्यालय प्रमुख सम्म आफै

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर ४ साउन,समाजसेवाको क्षेत्रमा होस या सडक नाटकको क्षेत्रमा बाँकेमा विनोद थापा कुनै नौलो नाम होईन । जिल्ला भित्र संचालन हुने लागुपदार्थ दुव्र्यसन मानव बेचविखन ,तथा वन वातावरण संरक्षण लगायतका क्षेत्रका सडक नाटकहरुमा विभिन्न भुमिकामा देखिने थापा समाजसेवा संस्थाका नेपालका केन्द्रिय अध्यक्ष समेत हुन । नियमित परिश्रम गरिरहने थापा संस्थाको कार्यालय सहयोगी देखी कार्यालय प्रमुख सम्मको काम आफै गर्ने गर्दछन । उनी कार्यालय सरसफाई देखी कम्प्युटर अपरेटर हुदै कार्यालय प्रमुख सम्मको काम गर्ने गरेका बताउँछन । २०७३ सालमा स्थापन भएको संस्थाको संस्थापक अध्यक्ष समेत रहेका थापाले आफुले विहान ६ बजे देखी राती ९ बजे सम्म कार्यालयकमा काम गर्ने गरेको बताउँछन । सामाजिक सेवामा काम गर्ने संस्था भएको हुदाँ कार्यालयमा अन्य कर्मचारी भर्ना गर्न नसक्ने अवस्था नभएका कारण सबै काम आफैले गर्ने गरेको थापाको भनाई छ ।

अपाङ्ग तर अब्बल ३० वर्षिय थापाले थुप्रै मृगौला पिडित तथा क्यान्सर पीडीतहरु समेत सहयोग जुटाई हस्तान्तरण गरिसकेका छन । समाजसेवाको क्षेत्रमा धेरै काम गरिसकेका थापाले विगत ३ वर्षदेखी समाजसेवा संस्था नामक गैर सरकारी संस्था स्थापना गरेर समाजिक क्षेत्रका कामहरु गरिरहेका छन । मलाई धेरै जागीरको अफर आएको थियो तर पनि म समाज सेवामा नै सन्तुष्ट छु । दुख सुख यही क्षेत्रमा रमेको छु । उनले भने । अभिनय क्षेत्रमा अब्बल रहेका अविवाहत थापाले अहिले सम्म दर्जनौं सडक नाटक लेखन, निर्दैशन तथा अभिनय गरिसकेका छन । मिजासिलो स्वभावका थापा कोहलपुर नगरपालिका –१४ हवलदारपुरका स्थायी बासिन्दा हुन ।

४ श्रावण २०७६ मा प्रकाशित
Nabintech