कोहलपुर ९ साउन /बाँकेको राप्तीसोनारी गाउँपालिकाका करारमा रहेका कर्मचारीहरुले आफुहरुलाई काममा फर्काउन माग गर्दै सोमबार गाउँपलिकामा ज्ञापनपत्र बुझाएका छन । गाउँपालिका भित्र करारमा कार्यरत रहेका सामाजिक परिचालक,स्थानीय सहजकर्ता, कम्प्युटर सहायक तथा सामुदायिक मेलमिलामकर्ता लगायतका १४ जनाले काममा फर्काउन आग्रह गर्दैै गाउँपालिका अध्यक्ष लाहुराम थारु तथा प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र माझीलाई ज्ञापन बुझाएको वडा न ं९ स्थानीय सहजकर्ता हरिता कुमारी वलीले जानकारी दिईन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार गाउपालिकाले साउन १ गते देखी कुनैपनि कर्मचारी करार सम्झौता तथा नविकरण नगर्ने भनी रोक लगाएको र सोही अनुसार करार कर्मचारीहरुलाई पत्राचार गरेर काममा हाजिर हुन रोक लगाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफुहरुले गाउँपालिकामा कर्मचारीको अभाव रहेको बेलामा वर्षौ देखी काम गदै आएका कर्मचारीहरुलाई हटाउने कुनै पनि कारण नभएको बताउदै बाध्य भएर मन्त्रालयको पत्र अनुसार जानु परेको बताए । हामीले त एक पटक नहटाउने निर्णय समेत गरियौं तर कानुन अनुसार जानुपर्ने हाम्रो बाध्यता छ । उनले भने । उता करार कर्मचारीहरु जारी गरेको ज्ञापनपत्रमा भने देशभरका अन्य स्थानीयतहमा करार कर्मचारीहरुलाई मुक्त गर्ने कार्य नगरिएको तर गाउँपालिकाले आफुहरुलाई मन्त्रालयको पत्र आधार बनाएर खाईपाई आएको रोजगारी खोस्ने कार्य गरिएको उल्लेख गरिएको छ । त्यस्तै आफुहरुले राखेको एकसुत्रिय माग ७दिनभित्र पुरा नगरी बेवास्ता गरि अन्याय गरेमा चरणबद्ध संर्घषका कार्यक्रम गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।