महिलाहरुलाई दुना टपरी बनाउने तालिम

पिपलबाेट संवाददाता


राप्तीसोनारी ११ साउन बाँके/गरिबी निवारणका लागि लद्यु उद्याम विकास कार्यक्रम अन्र्तगत दुना टपरी सीप विकास तालिम बुधबार देखि राप्तीसोनारी गाँउपालिकामा संचालन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको सहयोग र राप्तीसोनारी गाँउपालिकाको समन्वयमा उद्यम तथा सामाजिक विकास मञ्च दाङ्गले संचालन गरेको छ ७ दिने दुना टपरी तालिममा सहभागि महिलाहरुलाई दुना टपरी निर्माण सम्वन्धी तालिम दिइएको छ । महिलाहरुलाई दुना टपरी निर्माण सम्बन्धी तालिम दिएर दुना टपरीको संरक्षणको पहल सुरु गरेको छ ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम टपरी बनाउने व्यवसायलाई उद्योगको रूपमा विस्तार गर्न सके रोजगारी सिर्जना, समाजिक र साँस्कृतिक विकासमा टेवा पुग्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले लोप हुँदै गइरहेको दुना टपरी बाट राप्तीसोनारीलाई परिचित गराउने प्रयास शुरुवात गरिएको बताईन । । मठ मन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजा लगायतमा धार्मिक कर्मकाण्ड गराउदै आइरहेका बेला अचेल कर्मकाण्डहरुमा दुना टपरीको प्रयोग कम हुँदै आइरहेको बताउदै उनले दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने, महिला दिदीबहिनीहरुलाई घरमै बसेर रोजगारको सिर्जन गर्न सकिने र बताइन् त्यस्तै उनले ् “दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा जंगलमा त्यसै खेर गइरहेका सालका पातबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने र ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजालगायत धार्मिक अनुष्ठानहरूमा टपरीको महत्व अझै पनि नघटेको बुझाई छ ।

परंंपरागत संस्कार, संस्कृति र नेपाली मौलिकता हराउँदै गइरहेका बेला दुना टपरी निर्माण पेशालाई सीप सिकेर महिलाहरु आत्मनिर्भर बनाउनका लागि दुना टपरी गाँस्ने सीप सिकाइएको प्रशिक्षक शान्ती चौधरीले बताइन् । विशेष प्रयोग हुने दुना टपरी बनाइने विभिन्न प्रजातिका पातमध्ये घोर्लाको पात, केराको पात र सालको पात विवाह, ब्रतबन्ध, पूजाआजा र श्राद्धमा शुद्ध रहेको मान्ने गरिन्छ ।दुना टपरीमा अक्षता मुछेर टीका लगाइने प्रचलन विस्तारै हट्दै गएको छ । अहिले तामा तथा काँसको थालीमा अक्षता मुछ्ने चलन सुरु भएको छ । तर पछिल्लो समय कागज तथा आल्मुनियमका प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । पछिल्लो समयमा सालको पातबाट बन्ने दुना टपरीको माग राम्रो रहेको छ ।

११ श्रावण २०७६ मा प्रकाशित
Nabintech