कौशिल्या अस्पतालले भोली देखी एकवर्षै निशुल्क रक्तचाप जाँच शिविर सुरु गर्दै

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुुर ११ साउन/बाँकेको कोहलपुरमा रहेको कौशिल्या अस्पताल प्रालीले भोली आईतबारदेखी एक वर्ष सम्म निशुल्क रक्तचाप (ब्लड प्रेसर) जाँच शिविर संचालन गर्ने भएको छ । शनिबार अस्पताल प्रशासनको बैठक बसी शिविर संचालन गर्ने निर्णय गरिएको अस्पतालका प्रबन्ध निर्दैशक राम प्रसाद न्यौपानले जानकारी दिए । धेरै मानिस आफ्नो रक्तचापको अवस्था बारे जानकारी नभएर गम्भिर रोगहरुको शिकार बन्न्पर्ने अवस्था आउन सक्ने हुदाँ उनीहरुलाई आफ्नो रक्तचाप बारे जानकारी दिई परामर्श समेत दिने उद्देश्यले निशुल्क रक्तचाप जाच शिविर संचालन गरिएको समेत उनले बताए ।

अस्पतालले भोली आईतबार एक कार्यक्रमको आयोजना गरी शिविरको विधिवत उद्घाटन गर्ने भएको छ । शिविरमा अस्पतालका स्टाफ नर्स चिकित्सक लगायतले सिफ्ट अनुसार रक्तचाप जाच गरि परामर्श दिने अस्पतालले जनाएको छ । एकवर्षको अवधिमा करिब ६० हजार मानिसहरुको रक्तचाप जाँच गर्ने अस्पतालको लक्ष्य रहेका बताईएको छ । अस्पतालले विविध समयमा सामासजक सेवामा समेत काम गर्दै आएको छ ।

११ श्रावण २०७६ मा प्रकाशित
Nabintech