थापाले पाए तरुण जाजरकोट अध्यक्षको जिम्मा

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस भातृ संस्था नेपाल तरुण दल जिल्ला कार्यसमिति जाजरकोटको कार्यवाहक अध्यक्षको जिम्मेवारी लोकेन्द्र बहादुर थापाले पाएका छन् । नेपाल तरुण दल जाजरकोट जिल्ला अध्यक्ष हरिचन्द्र बस्नेत स्थानिय तहको निर्वाचनमा कुँशे गाउँपालिाकाको अध्यक्षमा निर्वाचित भएपछि थापाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । थापा नेपाल तरुण दल जिल्ला कार्यसमिति जाजरकोटका उपाध्यक्ष पदमा रहेका थिए । नेपाली काँगे्रस जाजरकोटका तरुणहरुका समस्यालाई पहिलो प्राथमिकता दिएर संगठन निर्माणमा जोड दिनै अध्यक्ष थापाले बताएका छन् । पार्टी र संगठनको नीति र विधान भित्र रहेर तरुण संगठनलाई चलायमान बनाउने प्रमुख लक्ष्य रहेको बताउँदै संगठन निर्माणका लागि गाउँ यूवा जागरण कार्यक्रम सञ्चालन गरिने कार्यवाहक अध्यक्ष थापाले बताएका छन् । साथै उनले संगठनले दिएको जिम्मेवारी पुरा गर्नका लागि सबैको साथ र सहयोगको आवश्यकता पर्ने भएकाले नेपाल तरुण दल जिल्ला कार्यसमिति जाजरकोटका सम्पूर्ण गतिविधिहरुमा साथ दिन सबैलाई अनुरोध गरेका छन् ।

१६ श्रावण २०७६ मा प्रकाशित
Nabintech