बाँकेको कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई लत्ताकपठा र खाद्यान्न सामाग्री सहयोग गरिएको छ । कोहलपुर ११ न्यूरोडका उमेशजंग ठकुरीले आफ्नो ३० औं जन्म उत्सवको अवसरमा नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई कबिर २० हजार बराबरको लत्ताकपडा र खाद्यान्न सामाग्री सहयोग गरेका छन् । पछिल्लो समय जन्मदिन मनाउने क्रममा अनावश्यक खर्च गर्ने चलन रहेको बताउँदै ठकुरीले अनावश्यक खर्च कटाएर नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरिएको बताएका छन् । यूवा व्यवसाय समेत रहेका उनले आफ्नो सानो सहयोगले जेष्ठ नागरिक प्रति सम्मान हुने बताउँदै सबैले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताएका छन् । कोहलपुरमा केहि समयदेखि जन्मदिनको अवसरमा पारी नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न रुपमा सहयोग गर्दै आईरहेको पाईएको छ ।