काष्ठकलाका धनी भक्त बहादुर

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर २० साउन , जुम्लाको चन्दननाथ नगरपालिका –४ सिंगाचौरका भक्त बहादुर सार्की विगत ५ वर्षदेखी काठका सामाग्री निमार्ण गरिरहेका छन । सुरुमा फर्निचर र डकर्मीको काम गरेका सार्की केही समय अघि एकजना बाबाले आफुलाई शक्ति दिएको र सो अनुसार सपना विभिन्न काष्ठकलाका समाग्रीहरु डिजाईन देख्ने गरेको र सोही अनुसार आफुले त्यस्तै डिजाईनका काष्ठ सामाग्रीहरु निमार्ण गर्ने गरेका उनले बताए । मलाई बाबिरा देउताले काष्ठकला निमार्ण गर्ने शक्ति दिएका हुन देउताले सपनामा देखाएका कुरा चित्रमा उतार्नु भनेपछि मैले त्यस्तै चित्रहरु बनाउने गरेको छु भक्त बहादुरले भने उनले अहिले भक्त काष्ठकला उद्योग स्थापना गरेर काठका सामाग्री निमार्ण गरिरहेका छन ।

स्थानीय स्तरमा उपलब्ध सल्लाका काठहरुबाट उनले विभिन्न आकृतिका सामाग्रीहरु तयार गर्ने गर्दछन । उनले निमार्ण गरेका काठका सामाग्रीहरु काठमाण्डौ ,सुर्खेत , लगायतका स्थानहरुमा समेत जाने गरेको सार्कीको भनाई छ । काष्ठकला निमार्णमा अद्भुत शक्ति भएका ५७ वर्षिया सार्कीले काष्ठकलाका सामाग्रीहरु निमार्णको लागी घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले रु ५ लाख अनुदान दिएको उनले बताए । त्यस्तै उनलाई कार्यालयले काष्ठका सामाग्रीहरु निमार्णमा गर्न आवश्यक पर्ने कटर मेसिन ,ड्रिल मेसिन लगायतका सामाग्री सहयोग गरेको छ ।

त्यस्तै उनलाई घरेलु तथा साना उद्योग विकास समिति प्रधानकार्यालय त्रिपुरश्वरले नगद १० हजार तथा सम्मानपत्रले सम्मान गरेका छ । काष्ठकलाबाट वार्षिक १ लाख सम्म आम्दानी गर्ने गरेका सार्कीले आफुले पैसा कमाउने उद्देश्यले नभएर आफ्नो कलाको प्रर्दशन गर्नका लगी काष्ठकलाका सामाग्री बनाउने गरेको उनको भनाईृ छ । मेरो कलाको सम्मान भएमा म यसैमा खुसी हुन्छु साकीले भने उनले काठबाट घोडा,गाई,चरा सर्प,कछुवा लगायतका आकृतिहरु निमार्ण गर्ने गरेका छन ।

२० श्रावण २०७६ मा प्रकाशित
Nabintech