कोहलपुर, साउन २३/बाँकेको कोहलपुर नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । कोहलपुर नगरपालिकाको बजार अनुगमन टोलिले आजबाट बजार अनुगमन सुरु गरेको छ । १४ वटा मापदण्ड तय गरी कोहलपुर बजारका विभिन्न पसलको अनगुमन सुरु गरिएको कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले जानकारी दिएका छन् । साथै उनले यस पटकको बजार अनुगमनमा विशेष गरी व्यवसाय दर्ताका प्रमाणपत्र, बिक्रि वितरण गर्ने स्थानको स्वच्छता र सरफसाई, नगरपालिकामा दर्ता भए नभएका लगायतका १४ वटा मापदण्डमा सबै पसलको अनुगमन गरिने बताएका छन् ।
अनुगमनका क्रममा कोहलपुर नगरका व्यापारीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको पाईएकोले तत्काल नगरपालिकामा गएर व्यवसाय दर्ता प्रमाण पत्र लिन सुझाव दिईएको बताएका छन् । साथै उनले बजार अनुगमनलाई निरन्तरता दिईने बताएका छन । कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरि कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च बाँके, उद्योग वाणिज्य संघ कोहलपुर बाँके लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।