बागेश्वरी सिङ्गिङ आईडलको फाईनल भदौ १४ गते हुने

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर २४ साउन,राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन प्रतिभाको खोजी बागेश्वरी सिङिङ्ग आईडलको फाईनल आगामी भदौ १४ गते नेपालगजमा हुने भएको छ । बाँके जिल्लाका ५ वटा स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट करिब ३ सय जना प्रतिस्पर्धीहरुबाट २५ जना सेमिफाईनल राउण्डमा प्रवेश गरेका थिए । तिनै २५ जना प्रतिस्पर्धीहरुले टपटेनका लागी प्रतिस्पर्धा गर्ने र टपटेनबाट उत्कृष्ट टप थ्री छनौट हुने आईडल संयोजक ओम शर्माले जनाकारी दिए ।
फाईनल राउण्डको अडिसनको संगितकार यादवनाथ योगी,राष्ट्रिय नाच घरमा कार्यरत संगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री लगायतले निर्णायकको भुमिका निर्वाह गर्ने बताइएको छ । त्यस्तै फाईनल राउण्डमा पब्लिक जज र प्रस्तुति हेरेर ईन्टरनल टनेपाल नागरिक उद्यम सहकारी संस्थाको प्रायोजन तथा निडेड टेक्निकल कलेज तथा दिपसन टुर एण्ड ट्राभल्सले सहयोग गरेका छन ।

्त्यस्तै यस अघिका राउण्डमा निर्णाककको भुमिका निर्वाह गरेका आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम, तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहने बताईएको छ आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त आईडल संयोजक शर्माले जनाकारी दिए । आईडलको संचालन संचारकर्मी कल्पना कार्कीले गरिरहेकी छिन ।

२४ श्रावण २०७६ मा प्रकाशित
Nabintech