अभिमुखिकरण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, साउन २५
बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा लागु पदार्थ र्दुब्यसनी, मानवबेबिखन र प्रजन स्वास्थ्य विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगर स्तरिय यूवा सञ्जाल कोहलपुर बाँकेको आयोजना र मेरी स्टोप सेन्टर कोहलपुर, ज्ञानोदाय सामुदायिक पुस्तकालय, समाज सुधार कार्यक्रम नेपाल, थ्रि एन्जल नेपाल, त्रिवेणी विकास समाज, कोहलपुर जेसीस, माईती नेपालको सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणी वलीले यूवाहरुलाई गलत बाटोमा लाग्न नदिनका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएकी छिन् । साथै उनले लागु औषध नियन्त्रण गर्नका लागि यूवाहरु नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् । कार्यक्रममा लागु औषध ब्यूरो नेपालगञ्जका प्रहरी निरीक्षक बिर बहादुर थापाले लागु औषध सम्बन्धी प्रशिक्षण दिँदै पछिल्लो समय बाँके लागु औषधको प्रमुख केन्द्र बनेकोमा यसलाई रोक्नका लागि यूवाहरु नै लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य शंकर न्यौपानेले बेरोजगारीका कारण यूवाहरु कुलतमा फस्दै गईरहेको प्रति चिन्ता व्यक्त गरेको थिए । थ्रि एन्जेल्स नेपाल कोहलपुर शाखाका प्रमुख लोकेन्द्र सुनारले मानव बेचबिखन सम्बन्धि प्रतिक्षण दिएका थिए भने प्रजनन स्वास्थ्य सम्बन्धी मेरी स्टोप सेन्टर कोहलपुर प्रमुख इन्द्र नारायण चौधरीले प्रशिक्षण दिएका थिए । नगर स्तरीय यूवा सञ्जाल कोहलपुरका उपाध्यक्ष टोपराज जैसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगर भित्रका किशोर किशोरीको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण नगर स्तरीय यूवा सञ्जालकी उपाध्यक्ष कल्पना कार्कीले गरेकी थिईन् ।

२५ श्रावण २०७६ मा प्रकाशित
Nabintech