एनप्याब्सनद्वारा आयोजित गायन प्रतियोगितामा चन्द प्रथम

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा आज सम्पन्न भएको गायन प्रतियोगितामा जुनियर आईनस्टान स्कुलकी नविना चन्द प्रथम भएकी छिन् । एनप्याब्सन बाँकेद्वारा आयोजित गायन प्रतियोगितामा आईनस्टानकी चन्द प्रथम भएकी छिन् भने ड्रिमल्याण्ड स्कुलकका आनन्ददाश महापत्र द्वितीय, तक्षशिला ई.मि. स्कुलकी अनुशाा घिमिरे तृतीय र जनज्योति ई.मि. स्कुलका प्रशंशा भुषाल सन्तोना भएका छन् । प्रतियोगितिाबाट प्रथम र द्वितीय भएका चन्द र महापत्रले भदै महिनामा हुने प्रदेश स्तरीय गायन प्रतियोगितामा सहभागिता जनाउनेछन् । कार्यक्रममा बोल्दै एनप्याब्सन केन्द्रिय सचिव कुशुमराना भाटले विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको विकास गर्नका लागि यस्ता कार्यक्रमहरुलाई पटक पटक जारी राख्नुपर्नेमा बताएका छन् । कार्यक्रममा बोल्दै एनप्याब्सन बाँकेका उपाध्याक्ष किशोरराज मल्लले प्रतियोगिताबाट बालबालिका भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन सहयोग पुग्ने बताएका छन् । प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव शिव डाँगिले गरेका थिए भने प्रतियोगितामा २१ वटा विद्यालयका छात्र र छात्राहरुले सहभागिता जनाएका थिए ।

२५ श्रावण २०७६ मा प्रकाशित
Nabintech