घरेलु महासंघ कोहलपुरको अध्यक्षमा पुन दोस्रो कार्यकालको लागी जिसि निर्वाचित

पिपलबाेट संवाददाता


नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागी हेम बिक्रम जिसी चयन भएका छन । शनिबार कोहलपुरमा सम्पन्न महासंघको प्रथम साधारणसभा तथा अधिवेशनले जिसीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
अन्य कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र वाग्ले, उपाध्यक्ष रामु लम्साल तथा महासचिवमा चिन्तामणी (सीएम ) उपाध्याय र कोषाध्यक्षमा गोपाल प्रसाद खनाल सदस्यहरुमा क्रमशः महदत्त कडेंल, विन्दु विसी, भरत खत्री, सुधन ढकाल, तिर्थ बहादुर बस्नेत र सुस्मा दियाली निर्वा्चित भएका छन ।
त्यसैगरी अधिवेशनले महिला समिति समेत चयन गरेको छ । जसको अध्यक्षमा अशोका के.सी चयन भएकी छन भने बरिष्ठ उपाध्यक्षमा दिला कुमारी तिवारी, उपाध्यक्षमा झरना देवकोटा, महासचिवमा निर्मला शर्मा र कोषाध्यक्षमा कल्पना भण्डारी निर्वा्चित भएका छन । त्यसैगरी सदस्यहरुमा लोक कुमारी रोका, नन्दकला सिजाली, विष्णु कुमारी चौधरी, सविता लामिछाने र कल्पना लम्साल निर्वा्चित भएका छन ।
अधिवेशनले २८ जना जिल्ला प्रतिनिधि समेत चयन गरेको नव निर्वा्चित महासचिव चिन्तामणी (सीएम) उपाध्यायले जानकारी दिए ।

२५ श्रावण २०७६ मा प्रकाशित
Nabintech