२०७५ असाजे ३ गते ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभाबाट निर्वाचित चेतकान्त भट्टराई नेतृत्वको कार्यसमितिलाई अदालतले वैधानिकता भएको ठहर गर्दै भट्टराई नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेपछि तत्कालीन समयमा विवाद सिर्जना गर्ने समूह आपूmहरुले गल्ती गरेको स्वीकारेको छ ।
संस्थाको विधान र मुलुकको प्रचलित कानुन बमोजिम संस्थाको १७ औं साधारण सभाको उद्घाटन सत्र तथा बन्द सत्र जिल्ला प्रशासन कार्यालय कार्यालय बाँकेले पत्रमार्फत आधिकारीक प्रतिनिधी सिफारिस गरेको आवश्यक गणपुरक संख्याको उपस्थितीमा सम्पन्न भएको थियो । पुस्तकालयको साधारण सभा हुनुपूर्व केही दिन अघि देखि नै नेकपा सम्बद्व संस्थाका नयाँ पुराना आजिवन सदस्यहरुले संस्थाको नेतृत्व सहमतिमा चयन गर्न आग्रह गरेपछि पटक–पटक सहमतिमा नेतृत्व चयन गर्न विभिन्न छलफल तथा वार्ताहरु भएकोमा नेकपा सम्बद्व नेतृत्वकर्ताहरुले भागबण्डामा आप्mनो चित्त नबुझेपछि निर्वाचनमा जाने तर सहज रुपमा निर्वाचन हुन नदिने भन्दै विवाद सिर्जना गर्न शुरु गरेका थिए । मुख्य रुपमा नेकपाका नेताहरु सूर्य ढकाल, नरेन्द्र न्यौपाने, खिल प्रसाद भुषाल सहितको समूहले पुस्तकालयमा राजनीति हावी भयो भन्दै आप्mनो पाटी निकटका विद्यार्थी तथा युवा संघका कार्यकर्ताहरुलाई पुस्तकालयमा तालाबन्दी गर्न निर्देशन दिएपछि पुस्तकालयमा तालाबन्दी भएको थियो ।
लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेमा संस्थाको विधान अनुसार वितरण गरिएका १ सय २५ जना साधारण सदस्यहरु अवैधानिक रहेको भन्दै १ सय ३५ साधारण सदस्यता खारेज गर्न लिखित उजुरी नेकपा सम्बद्व व्यक्तिहरुले दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाँकेले गत श्रावण ३० गते पठाएको पत्रमा २०७५÷४÷१ गते बसेको संस्थाको कार्यसमिति वैठकको निर्णय नं. ७ अनुसार गरिएको निर्णय अनुसार संस्थाको विधान २०७१ को दफा (१) (क) मा भएको सदस्यता सम्बन्धी व्यवस्था अनुसार साधारण सदस्यता प्राप्त गर्न चाहेको व्यक्तिले तोकिएको शुल्क बुझाई तोकिएको प्रक्रिया अनुसार साधारण सदस्यता ग्रहण गर्न पाउने व्यवस्था रहेको भन्दै १ सय ३५ साधारण सदस्यलाई बैधानिक प्रतिनिधीका रुपमा साधारण सभामा उपस्थित हुन पाउने उल्लेख गरिएपछि स्थगित निर्वाचन प्रक्रिया अगाडी बढेको थियो । पुस्तकालयको नेतृत्वमाथि हावी हुने गरेको सबै प्रयासहरु असफल हुने संकेत देखिएपछि विवाद सिर्जना गरेको नेकपा सम्बद्व समूहले अध्यक्ष भट्टराई, अधिवक्ता रुद्रमणी न्यौपाने र पुस्तकालयका कर्मचारी शिबध्वज शाहीलाई सार्वजनिक रुपमा चोर फटाहा भन्दै कटु शब्द सहित व्यक्तिगत मर्यादामा आँच पुग्ने गरी नेकपा सम्बद्व पुस्तकालयका आजिवन सदस्यद्वय खिल प्रसाद भुषाल र तेज प्रसाद चापागाईले विभिन्न आरोप लगाएका थिए । अहिले स्थानीय छापा तथा अनलाइनहरुमार्फत विवाद सिर्जना गर्ने समूहका नेतृत्वकर्तामध्येका खिल प्रसाद भुषाल र तेज प्रसाद चापागाईले सार्वजनिक रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै माफि मागेका छन् । भुषाल र चापागाईद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ , “सम्मानित अदालतले भट्टराई नेतृत्वको कार्यसमितिलाई बैधानिकता दिइसकेको अवस्थामा उक्त विज्ञाप्तीमा प्रयोग भएका भाषा तथा शब्दका कारण चेतकान्त भट्टराई, रुद्रमणी न्यौपाने र शिबध्वज शाहीको व्यक्तिगत मर्यादामाथि पर्न गएको चोट प्रति हामी दुखी छौ । उक्त आरोप यसै बिज्ञप्तीमार्फत फिर्ता लिन चाहन्छौ ।”