कोहलपुर २८ साउन/अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा नगरस्तरीय युवा संजाल कोहलपुरले कोहलपुरका ३ युवाहरुलाई सम्मान गरेको छ । कोहलपुर क्षेत्रका ३ जना युवालाई सम्मान गरेको हो सफल होटल ब्यवसायी देवानन्द अर्याल, साहित्यकार सुमित्रा न्यौपाने र सफल उद्यमी मधु खड्कालाई सम्मान गरिएको नगरस्तरीय युवा संजाल कोहलपुरका उपाध्यक्ष टोपराज जैशीले बताए । उनीहरुलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरीएको जैशीले बताए । सम्मान कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले युवाहरुको मागलाई मध्यनजर गर्दै नगरपालिकाले कबर्डहल तथा अन्तराष्ट्रिय क्रिक्रेट मैदानल लगायतको स्तरोउन्नतीमा जोड दिएको बताए ।
त्यस्तै उपप्रमुख संजु कुमारी चौधरीले युवाहरु विदेशीनु विडम्बना भएको बताउदै राष्ट्र निमार्णमा युवाहरुको जिम्मेवारी आएको बताईन । नवप्रवद्र्धन’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रभातफेरी पनि निकालिएको थियो । कोहलपुर चौराहदेखि साझा चोकहुँदै कोहलपुर नगरपालिका हलमा पुगेर टुङ्गीएको थियो ।