कोहलपुर बजारको अनुगमन जारी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर बजार अनुगमनलाई जारी राखेको छ ।कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिले कोहलपुर बजार क्षेत्रका पसलहरुको अनुगमन मंगलबार (आज) पनि जारि राखेको छ । कोहलपुर नगरपालिकाले १४ वटा मापदण्ड तय गरि अनुगमनलाई तिब्रता दिईएको बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले बताएका छन् । टोलिले मंगलबार बजार क्षेत्रका न्यू रोशन रेष्टुरेण्ड, गण्डकी फनिसिङ्ग हाउस, यमूना भट्टराई टेर्डस, राज ईम्पोरियम, कुमार कलेक्सान, एसके सप्लायर्स, राप्ती टेलरीङ्ग सेन्टर, जय सम्भु होम एप्लाईन्स, रोयल सुन चाँदी पसल, गणपति खाजा घर, माँ बागेश्वरी साईकल एण्ड बेबि स्टोर्स, दुर्गा माँ कस्मेटिक एण्ड कलेक्सन सन्टेर, म्याग्दी धौलागिरि सुन चाँदी पसल, धौलागिरी ज्वैलर्स लगायतका पसलहरुमा अनुगमन गरिएको उनले बताएका छन् ।
कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि कृष्ण खड्का, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य संघ कोहलपुर बाँकेकी सदस्य सीता कार्की, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले बजार अनुगमन गरिरहेको छ ।

२८ श्रावण २०७६ मा प्रकाशित
Nabintech