सामुदायिक स्वास्थ सर्वेक्षण कार्यक्रम समम्पन्न

पिपलबाेट संवाददाता


बाकेको कोहलपुरमा अबस्थित बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले कोहलपुर १३ भरैया स्थित बाल शिक्षा आधारभूत विद्यालयमा समप्नन गरेका छ्न। उक्त विद्यालयको छेउमै रहेका १५ घरधुरी र ७४ जनसंख्या रहेको बादी समुदायको स्वास्थ शिक्षा खानेपानी विधुत शौचालय लगायतका बिबिध विसयमा १५ दिन लगायएर गरिएको अध्ययनलाई आज विद्यालयमा एक कार्यक्रमका बिच सार्बजनिक गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै बागेश्वरी बहुमुखी क्याम्पसका उप प्राद्याप एकराज शर्माले आजको २१ शौ सताब्दिमा शिक्षा विन कुनै काम गर्न नसक्ने बताए । आज सिहदरवार्को अधिकार गाउँ गाउँमा दिदा नि उक्त बादी समुदायको ७४ संख्यामा ६१ अशिक्षित हुनु शौचालय नहुनु खानेपानी पनि इनारमा निर्भर हुनु दुःखद् भएको बताए । उनले भने देश अग्रसरतामा लागेको बेला कोहलपुर जस्तो शहर उन्मुख नगरिको १३ वडाका जन्ताको यो अवस्थाले अझैसम्म शैक्षिक हवमा प्रश्न उठाउ सकिने बताए। जन निर्वाचित हरेक प्रतिनिधिकोध्यानाकर्षण गराउन उक्त समुदायलाई सचेत गराएका थिए । उनले बाल शिक्षा आधारभुत विद्यालयमा भौतिक पुर्वाधार खानेपानी खेलमैदान लगायत विधुत नभएकोले हालको ४३/४४ डिग्रीको तापक्रममा पढाउनु र विद्यार्थीले पढ्नु चुनौती रहेकाले सम्बन्धित निकाएको ध्यानाकर्षण गराउन पहलका लागि बि ब्य स लाई जोड दिएका थिए । राज्यले बिपन्न समुदायकोलागि विशेष कार्यक्रम ल्याएको भएपनि यसप्रति कसैको ध्यान नगएकोमा दुःखद् व्यक्त गरेका थिए । उनले हाल कोहलपुर नगरपालिकाको एक मात्र सरकारी आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस रहेकोमा त्याहा उच्च शिक्षाको लागि आफ्न छोराछोरीलाई पठाउन समेत आग्रह गरेका थिए । कार्यक्रमको सभापति विद्यालयका प्र अ लिलाराज ओलिले आफ्नो विद्यालय लाई नगर सरकारले दुर्गम बनाएको बताए । उनले आफ्नो विद्यालयमा विद्युतको खानेपानि मैदान भौतिक संरचना लगायत निजि शिक्षकको समस्या रहेको कुरा बारम्बार सम्बन्धित निकाएको ध्यानाकर्षण गर्दा पनि समाधान नभएको बताए। बादी समुदायले विद्यालयको पानी प्रयोग गर्ने गर्नेगरेकोले धारा सफा राख्न निर्देशन दिएका थिए । कार्यक्रम बादी समुदायका महिला पुरुष विद्यार्थी शिक्षक एवं सरोकारवालाहरुको सहभागिता थियो । वडा प्रतिनिधिभने सहभागी नभएकोमा बादी समुदायका महिलापुरुष आक्रोशित थिए । कार्यक्रमको बारेमा स्नातकोत्तर तहका विद्यार्थी धिरेन्द्र साहिले संन्चालन गरेका थिए भने डम्बर कार्कीले कार्यक्रमको स्पष्ट पारेका थिए ।

२८ श्रावण २०७६ मा प्रकाशित
Nabintech