आंशिक प्राध्यापक संघको अध्यक्षमा शार्मा

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेका आंशिक प्राध्यापक संघको अध्यक्षमा गोपाल शर्मा चयन भएका छन् । शर्माको नेतृत्वमा गठित आंशिक प्राध्यापक संघको सचिवमा मायाराम काफ्ले र सदस्यहरुमा हरि प्रसाद अधिकारी, पूर्ण प्रसाद ढकाल, विनोद अधिकारी, गणेश प्रसाद पौडेल, बाल कुमार शर्मा, खुम बहादुर खत्री, सम्झना ब्रजाचार्य, नवराज ढकाल र रविन्द्र सुवेदि रहेका छन् । संघका अध्यक्ष गोपाल शर्माले पेशागत सुरक्षाको लागि क्याम्पस प्रशासन र विश्वविद्यालयसँग समन्वय गर्दै अगडी बढ्ने र आवश्यक परे आन्दोलनबाट पनि सम्पूर्ण आंशिक प्राध्यापक पेशागत अधिकार र सुरक्षाको लागि निरन्तर अग्रपंक्तिमा रहेर नेतृत्व गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

३२ श्रावण २०७६ मा प्रकाशित
Nabintech