कोहलपुरमा तिवारीद्धारा एकल कविता बाचन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा कवि सरिता तिवारीद्धारा एकल कविता बाचन सम्पन्न गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको वार्षिक साधारण सभाको अवसर आयोजित एकल कविता वाचन कार्यक्रममा सम्पन्न भएको छ । तिवारीले कविता मार्फत देशमा संघियता कार्यान्वयनमा चुनौति थपिएको बताईन् । साथै उनले मानवीय विसंगतिहरुको बौद्धिक प्रस्तुति, लोकतन्त्र, गणतन्त्र र समावेशीको खोजि कविता माफर्त गरेका थिईन् । नारी र पुरुष बिच सकरात्मक सोचको विकास भएमा मात्र समाज परिर्वतन गर्न सकिने कविता मार्फत प्रस्तुत गरेकी थिईन् । करिब एक दर्जन कविता वाचन गरेकी तिवारीले जीवनमा आत्मासन्तुष्टिका लागि सत्कर्म गर्नुपर्ने सन्देश दिएकी छिन् । कार्यक्रममा उनलाई तुलसीराम स्मृति पुरस्कार २०७५ बाट सम्मान गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको तुलसीराम स्मृति पुरस्कारसँगै सात हजार सात सय ७७ रुपैयाँ सहित सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै देश, काल र परिस्थितिको माग अनुसार साहित्यको जन्म हुने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले स्थानिय सरकारले कला र साहित्यको संरक्षणका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताउँदै कोहलपुरलाई साहित्यको माध्यमबाट देश तथा विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न अनुरोध समेत गरिनन् । कार्यक्रममा बोल्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालले कोहलपुर क्षेत्रको साहित्यको विकास र समृद्धिका लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्धारा प्रदान गरिने तुलसीराम स्मृति पुरस्कारका प्रमुख संरक्षक सूर्य ढकालले आफ्ना बुवाको सम्झनामा स्थापना गरिएको तुलसीराम स्मृति पुरस्कारले साहित्यलाई संस्थागत गर्न सहयोग पुग्ने लक्ष्य लिईएको बताएका छन् । कार्यक्रममा कोहलपुर क्षेत्रका साहित्यकार, लेखक लगायत अन्य साहित्यक मनहरुको सहभागिता रहेको थियो ।

३२ श्रावण २०७६ मा प्रकाशित
Nabintech