कोहलपुर नगर पालिकाले विभिन्न सूचनाहरु नदिएको भन्दै स्थानिय यूवाहरुको एक समुहले कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गरेको छ ।
शुक्रवार कोहलपुर नगरपालिका वडा नंं. ८ का स्थानिय यूवा तथा नेपाली काँग्रेस कोहलपुरका सचिव भुम भण्डारीको नेतृत्वमा कोहलपुर नगरपालिकामा गएको समुहले आफुहरुले विभिन्न समयमा मागेका सूचनाहरु कोहलपुर नगरपालिकाले नदिएको भन्दै कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत दशरथ बुढालाई भटेर तिन दिन भित्र आफुले मागेका सवै सुचनाहरु उपलव्ध गराउन दवाफ दिएका छन् । भण्डारीले आफुले करिव ३महिना पहिला देखी मागेका सुचनाहरु अहिले सम्म नगरपालिकाले नदिएकाले यसरी दवाफ दिनु परेको वताए । आफुले मागेका सुचना दिन नमिल्लने भएमा दिन नमिल्ने चिठी दिनुप¥यो अन्यथा आफुलाई सुचना दिनु पर्ने नगरपालिकाको दायित्व भएको भण्डारीले वताए ।
कोहलपुर नगरपालिका संग आफुले मागेका विभिन्न सुचनाहरु रहेका छन् ।जस्तै समुदायमा आधारीत लक्षित वर्गको कार्यक्रमको प्रस्तावना छनौट कार्यविधि र मापदण्ड को प्रतिलिपि , आव ०७४÷०७५ र आव ०७५÷७६मा सुचना प्रकासन गरिएका लक्षित वर्गका कार्यक्रमहरु साथै प्रस्तावना पेश गरेका संस्थाहरुको नामावली सहित संस्थाको विवरण ,लक्षित वर्गका कार्यक्रममा पेश भएका आर्थिक एवम प्राविधिक प्रस्तावना (आव ०७५÷०७६को )हरुको प्रतिलिपि ,लक्षित वर्गका कार्यक्रमहरुको प्रस्तावना छनौट मुल्याङक्न समितिको नामावली र छनौट समितिले गरेका मुल्याङक्नको निर्णय प्रतिलिपि यो माग गरेको मिति २०७६ ÷०१ ÷२९ मा हो ।
भुमिहिन सुकुम्वासी पहिचान कार्ड सहित वसाइएका सुकुम्वासीहरुको संख्या कति हो र त्यसको नामावली विवरण, भुमिहिन सुकुम्वासी व्यवस्थापनका लागी यस नगरपालिका कार्यालयवाट भएका निर्णयहरु ,यस नगरपालिका वडा नं. ११ को वडा कार्यालय मार्फत हाल भराईएका सुकुम्वासी अनुसुचि फारामको प्रतिलिपि र हालको सुकुम्वासी संख्या र त्यसको नामावली विवरण प्रतिलिपि यो माग गरिएको मिति २०७६÷०२÷२०मा रहेको छ । त्यस्तै मिति २०७६÷०४÷९ मा माग गरेको सुचना आव २०७४÷०७५ मा लक्षित वर्गका कार्यक्रमहरु संचालन भएको संख्या के कति हो , उक्त कार्यक्रमहरु संचालन संस्ताहरु को नामावली र सहभागिको नामावली हाजिरी विवरण ,आव २०७५÷०७६ मा संचालन भएका लक्षित मा लक्षित वर्गका कार्यक्रमहरु संचालन भएको संख्या के कति हो , उक्त कार्यक्रमहरु संचालन संस्ताहरु को नामावली र सहभागिको नामावली हाजिरी विवरण , आव २०७४÷०७५र आव २०७५÷०७६ मा लक्षित वर्गमा विनियोजित रकम कति हो कति खर्च भयो त्यसको विवरण , लगाएका सुचना आफुले विभिन्न मितिमा मागेको तर नगरपालिकाले कुनै किसिमको सुचना
कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत दशरथ बुढाले भण्डारीले मागेका सवै सूचना आजको मितिले तिन दिन भित्र दिन सुचना अधिकृत हरी ओली लाई आग्रह समेत गरेका थिए । केहि सुचना आफु आउनु भन्दा पहिलाका भएकाले त्यसको रेकड समेत नभएकाले आफुहरुलाई दिन समस्या परेको बुढाले वताए ।