समाज परिर्वतनमा संघसंस्थाको उल्लेख्य भूमिका Mसंयोजक श्रीवास्तव

पिपलबाेट संवाददाता


जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले समाज परिर्वतनमा संघसंस्थाहरुले उल्लेख्य भूमिका रहेको बताउनुभएको छ । उहाँले समाजको बिकासका लागि संघ संस्थाहरुको योगदानको आवश्यकता हुने गरेको बताउनुभयो । शनिबार नेपालगञ्जमा आयोजना गरिएको सभ्य समाज नेपाल बाँकेको दोस्रो साधारणसभाको उदघाटन शत्रमा बोल्दै संयोजक श्रीवास्तवले देशको बिकासमा संघ संस्थाहरुको बिशेष योगदान हुने गरेको बताउनुभएको हो । उहाँले समग्र राष्ट्रको बिकासमा संघ संस्थाहरुले संचालन गर्ने कार्यक्रमले जनतामा परिवर्तन आउने गरेको र सोही परिवर्तनले बिकासमा रहेको पुग्ने हुँदा समाज परिवर्तनका लागि संस्थाहरुको हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले पत्रकारहरुले खेल्ने भूमिकाले देशलाई अगाडी बढ्न सहयोग पुग्ने हुँदा उहाँहरु पनि देश बिकासको अर्को खम्बा भएको बताउनुभयो । साधारणसभाको उद्घाटन शत्रमा बोल्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण भक्त उपाध्यायले संघसंस्थाले थुप्रै राम्रो काम गरिरहेको हुँदा संघ सस्था नै यो देशको बिकासको अर्को खम्बा भएको बताउनुभयो । उहाँले कतिपय संस्थाहरु झोलामा रहेको र उनीहरुले उद्देश्य अनुरुप कार्य संचालन गर्न नसकेकोले त्यस्तो संस्थाको रुपमा नबन्न सभ्य समाजलाई आग्रह गर्नुभयो । उहाँले परिवर्तन भन्ने कुरा एकले मात्रै गर्न सक्ने नभएर सबै मिलेमात्र देशको बिकास हुने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले परिवर्तनका बिउ छर्ने काम संस्थाहरुले मात्र गर्न सक्ने हुँदा जुनसुकै संस्था सक्रिय भए मात्र उद्देश्यमा पुग्न सक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मानव अधिकार रक्षक संजालका उप प्रादेशिक प्रमुख आलम खान, नेपाल, गैर सरकारी संस्था महासंघ बाँके शाखाका सदस्य लोक बहादुर परियार र नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्दू यादव लगायतले संस्थाले छोटो समयमा समुदायमा पु¥याएको योगदानको चर्चा गर्दे आगामी कार्यकाल सफलताको शुभकामना दिनुभयो । संस्थाका अध्यक्ष सूर्यलाल यादवको सभापतित्वमा भएको उदघाटन शत्रमा जानकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं. ३ का अध्यक्ष बिन्देश्वरी बर्माको उपस्थिति रहेको थियो ।

सभ्य समाज नेपाल बाँकेको अध्यक्षमा पुन यादव चयन
सभ्य समाज नेपाल बाँकेको अध्यक्षमा पुन सूर्यलाल यादव चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न संस्थाको दोस्रो साधारण सभाले दोस्रोे कार्यकालका लागि पुन ः यादवलाई सर्वसहमतिबाट चयन गरेको छ । साधारणसभाले ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पुष्पा सुनार, महासचिवमा भिष्म लोध, सचिवमा राजु यादव र कोषाध्यक्षमा मिना पुन चयन हुनुभएको हो । त्यस्तै कार्यसमिति सदस्यहरुमा दिपक बज्रचार्य, मकबुल अहमद मुकेरी, गिता घर्तिमगर र दल बहादुर सुनार चयन हुनुभएको निर्वाचन संयोजक पवन कुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वार्चित कार्यसमिति ३ वर्षको रहने छ ।
,
गरिब तथा बिपन्न पाँच बिदार्थीलाई छातबृति प्रदान
सभ्य समाज नेपाल बाँकेले गरिव तथा बिपन्न परिवारका पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ । संस्थाले आफ्नो दोस्रो साधारणसभाको अवसरमा गरिब, अशहाय, बिपन्न परिवारका पाँच जना बिद्यार्थीहरुलाई अध्ययन सहयोगका लागि शैक्षिक सामाग्री प्रदान गरेको छ । बाँके जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत, आमा बुबाको शहरा नभएको, आर्थिक अवस्थाले कम्जोर परिवार र जेहेन्दार बिद्यार्थी झोला, दश वटा कपि र दश वटै डटपेनका दरले पाँचै जनालाई सो छात्रबृति सहयोग गरेको संस्थाका महासचिव भिष्म लोधले जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथिहरुले बिद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्दै राम्रोसंग पढन, मेहनत गर्न आग्रह गर्नुभयो । छात्रबृति पाउनेहरुमा बाँकेको नरैनापुर गाउँपालिकाको महेन्द्र माध्यमिक बिद्यालय मटेहिया ९ कक्षामा अध्ययनरत रोशनी बानो दर्जी, नरैनापुर वडा नं. ६ स्थित जय किसान माध्यमिक बिद्यालय ९ कक्षाका बर्मा गोडिया, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा माध्यमिक बिद्यालय ९ कक्षाका मुनिर अलि वागवान, जानकी गाउँपालिका वडा नं. ३ स्थित आधारभूत बिद्यालय बन्जारेगाउँ ८ कक्षामा अध्ययनरत आशा कहार र डुडुवा गाउँपालिकास्थित शहिद माध्यमिक बिद्यालय ९ कक्षामा अध्ययनरत स्मृति पुन मगरलाई छात्रबृति प्रदान गरिएको अध्यक्ष सूर्यलाल यादवले जानकारी दिनुभयो । त्यस्तै सोही अवसरमा संस्थाका कार्यक्रम संयोजक राजु यादवलाई प्रमात्र पत्र तथा दोसल्लाले सम्मान गरिएको छ । इमान्दार र कर्मठ भएर संस्थाको कार्यक्रमलाई सफल बनाउन सक्रिय रहनुभएको भन्दै यादवलाई सम्मान गरिएको हो ।

३२ श्रावण २०७६ मा प्रकाशित
Nabintech