बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसमा गुणस्तरीय शिक्षा दिन तयार रहेको बताएका छन् । क्याम्पसमा भर्ना अभियान सम्बन्धी क्याम्पसमा गरिएको पत्रकार सम्मेनलमा बोल्दै क्याम्पस प्रमुख शर्माले कक्षा ११ देखि स्नात्ताकोत्तर तहसम्म अध्यापन भईरहेको एक मात्र क्याम बागेश्वरी क्याम्पस भएकाले गुणस्तरी शिक्षा दिईरहेकोमा जोड दिएका छन् । साथै उनले विद्यार्थी भर्ना अभियानमा बागेश्वरी क्याम्पसमा पढाइ नै हुँदैन् भने हल्ला फैलाईरहेको प्रति आपत्ति जनाउँदै क्याम्पसमा गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिईएको बताएका छन् । गुणस्तरीय शिक्षालाई जोड दिनका लागि सेमेष्टर प्रणालीबाट पठन पाठन गरिरहेको जानकारी गराउँदै सामाजको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न तर्फ ध्यान केन्द्रित भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख शर्मा विश्वविद्यालयले वर्तमान समय र सान्दर्भिकता एवम् आवश्यकतालाई मध्यनजर गरी शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जनगरी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावा तथा दक्षजनशक्ति उत्पादनमा केन्द्रित क्याम्पस रहेको उनले बताएका छन् । कार्यक्रममा सेमेष्टर प्रणालीका बारेमा जानकारी दिँदै प्राध्यापक प्रमोद सुविदीले वार्षिक प्रणालीमा विद्यार्थीहरु नियमित नभई पठनपाठनको आवश्यकता एवम् प्रयोग गर्न गाह्रो भएकाले सेमेष्टर प्रणालीमा हाजिरी, नियमितता, पठनपाठनको नियमितता, पाठ्यक्रमको स्तर, इन्टर्नसीप, कक्षा कोठामा विद्यार्थीको सक्रिय सहभागिता लगायत विद्यार्थी केन्द्रीत शिक्षण विधिमा केन्द्रित भई विद्यार्थी स्वयम् खोज, अनुसन्धान लगायतका अन्वेषणको क्षेत्रमा अग्रसर गराउने बताएका छन् । कार्यक्रमको सहजिकरण गर्दै प्राध्यापक एकराज शर्माले कोहलपुर क्षेत्रको पुरानो र सरकारी क्याम्पस भएकाले विद्यार्थीहरुको पहिलो रोजाई बागेश्वरी नै हुने गरेको बताउँदै विद्यार्थीहरुको भावनालाई आत्मासाथ गर्दै शिक्षण गरिरहेको जानकारी दिएका छन् । कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।