कोहलपुरमा अस्थाई टहरा हटाईयो

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकामा अस्थाई टहरा हटाईएको छ । कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघको संयुक्त टोलिले अस्थायि हटरा हटाईएको छ । कोहलपुरस्थित दशविगाहमा रहेका अस्थायी टहरा भत्काईएको छ । कोहलपुरमा रहेका सबै व्यापारीहरुलाई करको दायरामा ल्याउन र कोहलपुरलाई व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि टहरा भत्काईएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् । उनका अनुसार जहाँपायो त्यहीँ व्यवसाय गर्दा कर र सटर भाडा लिएर बसेका व्यापारीहरुलाई समस्या आएको अस्थायी टहरा भत्काईएको छ । पछिल्लो समय कोहलपुर नगरपालिकाले व्यवस्थित रुपमा व्यापार व्यवसायी गर्दै आएकाहरुलाई व्यवस्थि तगर्नका लागि विभिन्न समयमा अनुगमन गरी हटाउँने प्रयास गरिहेको भएपछि हटाउन नसकेको अवस्थामा यस पटक भने अस्थायी टहर भत्काएको छ । साथै अस्थायी टहरामा व्यवसायी गर्दै आएका व्यवसायीहरुले स्थानिय सरकारले आफ्नो व्यापार गर्ने उचित स्थानको माग गरेका छन् ।

२ भाद्र २०७६ मा प्रकाशित
Nabintech