संघका पदाधिकारीको पद तथा गोपनीयताको सफत ग्रहण

पिपलबाेट संवाददाता


होटल व्यवसायी संघ बाँके कोहलपुरको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित कार्य समितिले पद तथा गोपनीयताको सफत ग्रहण लिएका छन् । संघका अध्यक्ष एकनारायन चापागाई,जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर रानाभाट, उपाध्यक्षहरु भीमलाल श्रेष्ठ, बल बहादुर कडायत, लक्ष्मण थापा मगर र महिला उपाध्यक्षमा सीता कार्की, महासचिवमा खेमराज भण्डारी, सचिवमा टेक बहादुर बोगटी र लक्ष्मण बहादुर खत्री, कोषाध्यक्षमा मोहन रिजाल, सहसचिवमा धने थापा र सहकोषाध्यक्षमा मोहदत्त कंडेल । सदस्या प्रमोद कुमार गिरी, शोभाखर खनाल, विष्णु बहादुर कार्की, खड्गराज थापा, कमल शाही, सरीता थापा, प्रेम बहादुर खत्री, टेकनाथ तिम्सेना, दुर्गा प्रसाद भण्डारी, राज बहादुर कार्की र भरत खड्कालाई प्रमुख निर्वाचन संयोजक जगतजंग बुढाथोकीले प्रमाणपत्र बितरण गरी पद तथा गोपनीयताको सफत ग्रहण गराएका छन् । होटल व्यवसायी संघ बाँके कोहलपुरको पद ग्रहण तथा पदस्थापना कार्यक्रममा बोल्दै प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले होटल व्यवसायीहरुले नेपालमै उत्पादन भएको दाल, चालम, मासु, तरकारीलाई प्राथमिकता दिएर प्रयोग गरिन दिन अनुरोध गरेकी छिन् । साथै उनले होटल व्यवसायीहरु मानवीय जीवनसँग प्रत्यक्ष जोडिएकाले स्वथ्य र स्वच्छ खाना आम जनताले खाना पाउनुपर्ने भन्दै जनताको भावना अनुसार नै सेवा दिनुपर्नेमा जोड दिएकी छिन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष एकनारायण चापागाईले होटल व्यवसायीहरुका नीतिगत र व्यवहारिक पक्षमा सहकार्य गरी होटल व्यवसायीहरु प्रति आम जनताको विश्वास बढाउने कार्यलाई जोड दिने बताएका छन् । होटल व्यवसायी संघ प्रदेश नं. ५ का अध्यक्ष भाष्करराज काफ्लेले होटल व्यवसायी गर्ने व्यवसायीहरुलाई सुरक्षाको उचित व्यवस्थापन नहुँदा समय समयमा समस्या आईरहेको बताउँदै राज्यले होटल व्यवसायीहरुका लागि विशेष नीति लिन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर सकिच तुलराज विष्ठ र नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले होटल व्यवसायीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले होटलहरुले सेवामुखि भावनाका साथ आफ्नो पहिचान बनाएको बताउँदै अन्य व्यवसाय भन्दा जनतासँग प्रत्यक्ष जोडिएको व्यवासय होटल नै भएको बताएका छन् । कार्यक्रममा होटल व्यवसायी, विभिन्न राजनीतिक दल, समाजसेवि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

३ भाद्र २०७६ मा प्रकाशित
Nabintech