काँग्रेस नेता पौडेल भोलि कोहलपुर आउँदै

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्रपौडेल भालि (बुधबार) कोहलपुर आउने भएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर सचिव सुशिल सापकोटाका अनुसार भोलि दिउँदो ४ बजे पार्टी कार्यालय कोहलपुरमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट कार्यक्रमको तय भएको जानकारी दिएका छन् । नगर सचिव सापकोटा अनुसार पौडेलसँगै काँग्रेसका नेता बल बहादुर केसीको पनि सहभागिता रहनेछ । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

३ भाद्र २०७६ मा प्रकाशित
Nabintech