क्युज २०१९ को प्रतियोगितामा त्रिभुवन मावि प्रथम

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको त्रिभुवन मावि डब्लुआईएलडी विस्डोम क्युज २०१९ को प्रतियोगितामा प्रथम भएको छ । बाँकेको कोहलपुरमा सम्पन्न भएको प्रतियोगितामा बाँके, बर्दिया, कैलाली, कंचनपुर जिल्लाका ३२ वटा विद्यालयले सहभागिता जनाएको त्रिभुवन माविका शिक्षक ऋषि शर्माले बताएका छन् । शर्माका अनुसार ३२ वटा विद्यालयबाट त्रिभुवन माविका कक्षा ८मा अध्ययनरत छात्र नुर प्रताप र गणेशमान प्रथम भई काठमाण्डौंमा हुने राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनौट भएका छन् । साथै यो अन्तरास्ट्रिय प्रतियोगिता भएकाले काठमाडौमा हुने प्रतियोगितामा प्रथम हुने टिम भारतको दिल्लीमा हुने प्रतियोगिताका लागि छनोट हुने शर्माले बताएका छन् ।

३ भाद्र २०७६ मा प्रकाशित
Nabintech