कम्प्युनिष्ट जनतालाई झुक्याउन् सिपालु छन् ः काँग्रेस नेता पौडेल

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्प्युनिष्टहरु जनतालाई झुक्याउन सिपालु भएको बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरे कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालका कम्प्युनिष्टहरुले जनतालाई झुक्याउने र भ्रमको खेती गर्ने गरेको भन्दै नेपाली जनतालाई तिनिहरुबाट सजग रहन आग्रह गरेका छन् । साथै उनले केपी शर्माको नेतृत्वमा रहेको दुई तिहाई बहुमतको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारले दुई तिहाई मतको दुरुपयोग गरिरहेको बताएका छन् । सरकारको कार्यशैलि जनभावना अनुसार नभएको बताउँदै काँग्रेसले सरकारलाई सहि बाटोमा हिडाउने प्रयास गरिरहेको बताएका छन् । साथै उनले नेपाली काँग्रेस नयाँ बिचार र दृष्टिकोणका साथ जनताका बिचमा अर्को निर्वाचनमा जान तयार रहेको भन्दै कार्यकर्तालाई निर्देशन समेत लिएका छन् । पार्टीको गुट भन्दा माथि उठेर देश र जनताको भविष्यलाई आत्मासाथ गरी काँग्रेसका कार्यकर्ताहरु लाग्नुपर्नेमा जोडदिँदै स्थानिय स्तरबाटै पार्टीमा सकरात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् । नेता पौडेलले २०४६ पछि काँग्रेसले गाउँगाउँमा यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी पु¥याउने लक्ष्य लिएको र अब काँग्रेसको लक्ष्य गाउँमै रोजगारीको वातावरण निर्माण गरी यूवाहरुलाई देशमै स्वरोजगारी बनाउने रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलाराम शर्माले काँग्रेसको नीति विधि र विचारलाई स्थानिय स्तरमा लागु गर्न सबैलाई अनुरोध गरेका छन् ।

४ भाद्र २०७६ मा प्रकाशित
Nabintech