शुभ सप्लायर्सले विशेष छुट सहित सेवा दिने

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेको शुभ सप्लायर्सले स्थापना दिवसको अवसरमा विशेष छुट सहितको सेवा दिने भएको छ । एल.जी. इलेक्ट्रोनिक्स ब्राण्डको आधिकारीक विक्रेता समेत रहेको शुभ सप्लायर्सका सञ्चालक इश्वर श्रेष्ठका अनुसार शो रुप स्थापनाको तेस्रो वर्षको अवशरमा शुक्रवार एल.जी. ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरु गरिद गर्दा १५ प्रतिशत छुट र विशेष आकर्षक उपहार ग्राहकले पाउनेछन् । साथै एक सातासम्म सामान गरिद गर्ने सबै ग्राहकहरुलाई विशेष अफर अन्र्तगत १५ प्रतिशत छुट कायम रहने उनको भनाई छ । सञ्चालक श्रेष्ठका अनुसार यस क्षेत्रका नागरिकको चाहना बमोजिम स्तरीय घरायसी प्रयोजनका लागि उपयोग हुने विद्युतीय उपकरणहरुलाई सहज रुपमा ग्राहकहरुको घरसम्म पु¥याउन य्रयासरत रहेको बताए । केही समयअघि नगर क्षेत्रका नागरीक तथा ग्राहकहरु आधुनिक तथा स्तरीय विद्युतीय उपकरण खरिद गर्न नेपालगञ्ज जानुपर्ने बाध्यता थियो, शो रुम स्थापना पछि अहिले नगरवासी नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

६ भाद्र २०७६ मा प्रकाशित
Nabintech