लागुऔषध दुव्र्यसन विरुद्ध तिज विशेष कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर ७ भाद्र/बाँकेको कोहलपुर नगरपालिका ८ पिपिरीमा शुक्रबार लागुऔषध दुव्र्यसन विरुद्ध तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजसेवा संस्था नेपाल हवदारपुरको आयोजना तथा लाग्ु औषध नियन्त्रण व्युरो शाखा नेपालगज र सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको समन्वयमा भएको कार्यक्रमको कोहलपुर नगरपालिका वडा नं ८ आमा समुहकी अध्यक्ष सुनिता विष्टले गरेकी थिईन । कार्यक्रममा लागुऔषध दुव्र्यसन विरुद्ध सडकनाटक, तिजगीत, नृत्य,आमा समुहको नृत्य लगायतका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

समाजसेवा संस्था नेपाल ईकाई समिति वडा नं ८ की अध्यक्ष अस्मिता पुनको सभापतित्वमा भएको कार्यक्रममा औषध नियन्त्रण व्युरो शाखा नेपालगजका प्रमुख विर बहादुर थापा, समाजसेवा संस्था नेपालका केन्द्रिय अध्यक्ष विनोद थापा , नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर राना, साहारा क्लब हाउस नेपालगजका प्रमुख अभिराज क्षेत्री जनप्रतिनिधि, समाजसेवी , आमा समुह, लगायतको सहभागीता रहेको थियो ।

७ भाद्र २०७६ मा प्रकाशित
Nabintech