ज्ञानोदय पुस्तकालयले बृहत रक्तदान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


“पठन संस्कृतीको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार” भन्ने मूल नारासहित १२ औं राष्ट्रिय पुस्तकालय दिवशको तथा १८ औं वार्षिक साधारण सभाको सन्दर्भमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजित रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले सामाजिक संस्थाहरुले यस्ता सामाजिक गतिविधीमा सक्रियता बढाउँदा रगत अभावको समस्या अन्त्य हुने बताइन् । उनले रक्तदान जिवनदान भन्ने मूल नारालाई जो कोहीले पनि आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् । रगत अभाव आपतकालिन रुपमा जो कोहीलाई पनि आवश्यक पर्ने भएकाले रक्तदान जस्तो महान एवम् पवित्र कार्यमा सबैको उपस्थिती तथा सहभागिता हुनुपर्ने उनको भनाई थियो ।
रगत अभावमा दुर्घटनाग्रस्त तथा विरामीहरुले अकालमै ज्यान गुमाउन नपारेस् भन्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको पुस्तकालयका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लाल बहादुर रानाले बताए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा पुस्तकालयका आजिवन सदस्यहरु, उद्योगी, व्यवसायी, पत्रकार तथा नगरवासीहरुले स्वतःस्पूmर्त रुपमा रक्तदान गरेका थिए । हरेक वर्ष नेपाल सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउँदै आएको पुस्तकालय दिवसको सन्दर्भमा यस अघि पुस्तकालय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरिसकेको छ । पुस्तकालयको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने संस्था रेडक्रस रक्त सञ्चार केन्द्र, रक्तदाताहरु आजिवन सदस्य, उद्योगी व्यवसायी, सामाजिक अभियन्ताहरु, पत्रकार तथा आम रक्ताताहरुलाई पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले धन्यवाद ज्ञापन गरेका छन् ।

 

७ भाद्र २०७६ मा प्रकाशित
Nabintech