यातायात व्यवसायीद्वारा डिएसपीको बिदाई

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेका यातायात व्यवसायिले इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुरसिंहलाई बिदाई गरेका छन् । कोहलपुरमा रहेको नमस्ते नेपाल यातायात प्रालि र बागेशवरी यातायात प्रालिले संयुक्त रुपमा विदाई गरेको छ । प्रहरी प्रमुख सिंहको काठमाण्डौं सरुवा भएको छ । कार्यक्रममा बोल्दै नमस्ते नेपाल यातायात प्रा.लिका अध्यक्ष निम बहादुर चलाउनेले कोहलपुरमा शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामि दिनको सफलताको शुभकामना समेत दिएका छन् । साथै उनले नेपाल प्रहरी र यातायात व्यवसायिहरु बिच सहकार्य र सकरात्मक सोचको विकास हुनुपर्नेमा जोड दिँदै नेपाल प्रहरीसँग यातायात व्यवसायिहरु सहकार्य गर्न जरुरी रहेको बताएका छन् । कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्र्यालय कोहलपुरका प्रहरी प्रमुख रमेश बहादुर सिंहले कोहलपुर शान्ति सुरक्षाका दृष्टिकोणले अति संवेदनशिल ठाउँ भएकाले शान्ति सुरक्षाका चुनौतिहरु धेरै रहेको बताएका छन । साथै उनले कोहलपुरका यातायात व्यवसायीहरुले शान्ति सुरक्षामा सहयोग गरेको प्रति धन्यवाद व्यक्त समेत गरेका थिए । कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले यातायात क्षेत्र विशेष गरी सुरक्षा निकायसँगै सम्बन्धित हुने भएकाले यातायात क्षेत्रमा आएका केहि समस्याहरु समाधान गर्नमा सहयोग गरेको भन्दै डिएसपी सिंललाई धन्यवाद दिएका थिए ।

७ भाद्र २०७६ मा प्रकाशित
Nabintech