कोहलपुर नगरपालिकाद्धारा डिसपी सिहँको विदार्ई

पिपलबाेट संवाददाता


कोहलपुर ८ भाद्र/कोहलपुर नगरपालिकाले आईतबार इलाका प्रहरी कार्यालयका कोहलपुरका प्रहरी नायव उपरिक्षक( डिएसपी) रमेश बहादुर सिहँलाई सम्मान तथा तथा बिदाई गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट काठमाण्डौ रानीपोखरीमा सरुवा भएका सिँहलाई कोहलपुर  नगरपालिका पदाधिकारीहरुले माला र खादा लगाएर सम्मान र विदाई गरेका हुन ।सो अवसरमा कोहलपुर नगरपालिकाकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले डिएसपी सिहको उच्च प्रशंसा गर्दै मायाको चिनो प्रदान गरेका गरेका थिए । सो अवसरमा आफ्ना भनाईहरु राख्दै डिएसपी सिँहले आफु ईलाका प्रहरी कार्यालय कोहलपुरमा आईसकेपछि कुनैपनि प्रलोभनमा नपरी संगठनले दिएको जिम्मेवारी निभाएको बताए । त्यस्तै उनले कोहलपुरको शान्ति सुरक्षालाई कायम गर्न कोहलपुर नगरपालिको विशेष भुमिका रहेको बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका कार्यवहाक नगरप्रमुख संञ्जु कुमारी चौधरीले इलाका प्रहरी कार्यालयका कोहलपुरका प्रहरी नायव उपरिक्षक( डिएसपी) रमेश बहादुर सिहँले आफ्नो कार्यकालमा कोहलपुरको शान्ति सुरक्षा कायम गर्नमा अहम भुमिका निर्वाह गरेको बताईन । त्यस्तै उनले आगामी दिनहरुमा पनि डिएसपी रमेश सिहँको सफलताको गरेकी थिईन । त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष कर्ण सिह विसीले डिएसपी रमेश बहादुर सिहँ कोहलपुरमा आईसकेपछि विभिन्न अपराधिक गतिविधिमा कमी आएको बताए । त्यस्तै कोहलपुर नगरपालिका प्रशासकिय अधिकृत हरी वलीले कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको बताउँदै डिएसपी सिहँलाई आगामी दिनहरुमा सफताको शुभकामना दिएका थिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रनिधि,कर्मचारी, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

८ भाद्र २०७६ मा प्रकाशित
Nabintech