१५ दिने उद्योषक तथा नेतृत्व विकास तालिम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा आज १५ दिने उद्योषक तथा नेतृत्व विकास तालिम तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गोरख नाथ टे«निङ्ग सेन्टर कोहलपुरको आयोजनामा संचालन गरिएको तालिमको प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले समापन सत्रको उद्घाटन गरेकी हुन । उद्घाटनको सत्रमा बोल्दै सांसद नमुनाले उद्घोषण र नेतृत्व सीपले महिलाहरुको क्षमतामा विकास गराउनुको साथै नेतृत्व लिन सक्ने भएको हुँदा यस्ता तालिमहरु संचालन गर्न अति आवश्यक रहेको बताइन् । त्यस्तै उनले प्रदेश सरकारले आवश्यक परेको अवस्थामा त्यस्ता तालिमहरु संचालन गर्ने बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाँउपालिका उपाध्यक्ष सारदा रेग्मी विश्वकर्माले अहिले पनि सविधानले निर्दिष्ट गरे अनुसार सबै तहमा महिला र पिछडीका समुदायको प्रतिनिधित्व नभएको भन्दै यस्ता प्रकृतिका तालिमहरुले उनीहरुको नेतृत्वमा सधाउ पु¥याउने विश्वास गरिन । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटिका अध्यक्ष हेम विक्रम जिसीले विगतमा आफुलाई समेत गोरखनाथ टेनिङ्ग सेन्टरले बोल्न सक्ने बनाएको स्मरण गराउदै सेन्टरले संचालन गरेका यस्ता तालिमहरुबाट नेतृत्व सीप र क्षमताको विकास भएकोमा खुसी व्यक्त गरे । गोरखनाथ टेनिङ्ग सेन्टर कोहलपुरकी प्रवन्धक निर्देशक मघु खड्काको सभापतित्वमा संचालन भएको कार्यक्रममा तालिमका सहभागितहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । तालिमका सहभागिहरुले तालिमबाट बोल्न सक्ने र उद्घोषण गर्ने तालिममा दरखाने तथा सांस्कृतिक कार्यक्रम समेत गरेको थियो ।

९ भाद्र २०७६ मा प्रकाशित
Nabintech