कोहलपुर नगरद्वारा स्याउका गोदाममा छड्के अनुगमन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका स्याउनका गोदाममा छड्के अनुगमन गरेको छ । जुम्लाका स्याउ कोहलपुरमा ल्याएर बिना दर्ता विक्रि वितरण गरिएको थाहा पाए पछि कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिले कोहलपुरमा रहेका स्याउका गोदाममा अनुगमन गरी तत्काल कोहलपुर नगरपालिकामा दर्ता गर्न सुझाव दिएको बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले बताएका छन् । संयोजक खत्रीका अनुसार जुम्लाबाट आएका स्याउ कोहलपुरमा बिक्रि वितरण गर्नका लागि आवश्यक प्रक्रिया नपु¥याएरको भन्दै अनुगमन गरी दर्ता गर्न निर्देशन दिएको छ । कोहलपुरमा स्याउको पसल राखि स्याउ बिक्रि वितरण गरिरहेका कल शाही, मुन बहादुर डाँगि, नन्दलात न्यौपाने, लक्ष्मी विष्ट, प्रेम खत्री, गोविन्द चौलागाई, प्रविन पराजुलि, रतिमान सार्की, तिर्थ धराला लगायतलाई तत्काल कोहलपुर नगरपालिकामा स्याउ विक्रि वितरणका लागि पसल दर्ता गर्न सुझाव दिईएको खत्रीले बताएका छन् । कोहलपुर नगरपालिकाले यस अघि विभिन्न खुद्रा पसल, मासु पसल लगायत बजारका विभिन्न पसलको अनुगमन गर्दै आईरहेको छ ।
कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले स्याउनको गोदाम अनुगमन गरिरहेको हो ।

१० भाद्र २०७६ मा प्रकाशित
Nabintech