प्रहरी र नागरिक बिच अन्तरसम्बाद सम्पन्न

पिपलबाेट संवाददाता


सामाजिक सदभाव र सामुदायिक सुरक्षा अभिबृद्धी गर्ने उद्धेश्यले प्रहरी र नागरिक बिच अन्तरसम्बाद कार्यक्रम गरिएको छ । युएनडिपी नेपालको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत सो अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको हो । शान्ति सुरक्षा तथा समाजिक सदभाव कायम गर्न समुदाय स्तरमा परिचालीत प्रहरी र आम नागरिक बिचमा सुमधुर सम्बन्ध स्थापीत गर्दै शान्ति सुब्यवस्था तथा सामाजिक सदभाव कायम गर्ने उद्धेश्यले सो कार्यक्रम गरिएको हो ।
कोटहीमाई गाँउपालिका रुपन्देही वडा नम्बर ४ मा प्रहरी नागरिक बिचको सम्बाद कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मदनहवा प्रहरी चौकीका ईन्चार्ज धर्म बहादुर खड्काले समाजमा हुने बाल बिवाह तथा महिला हिंसाका घट्नाले शान्ति सुब्यवस्था तथा सामाजिक सद्भावमा असर पु¥याईरहेको भन्दै त्यसका बिरुद्ध सबैले मिलेर काम गर्नुपर्ने बताए । समाजमा बाल विवाह जस्तो अपराधिक गतिविधि भएको देखेमा प्रहरीलाई खबर गर्न समेत उनले सबैलाई अपिल गरे । यएनडिपी नेपालको सहयोगमा बासले गरेको सम्बाद कार्यक्रमले प्रहरी र नागरिक बिचको सम्बन्ध बिस्तार भई सामाजिक सदभावमा टेवा पुग्ने उनको बिश्वास थियो । बासका कार्यक्रम सहायक सर्बेस लुहारले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका रुपन्देही जिल्ला संयोजक बिजया खत्रीले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा ८० बढीको सहभागिता रहेको थियो । बास रुपन्देही शाखाले परियोजना अन्तरगत कोटहीमाई गाँउपालिका वडा नम्बर ३ र ५ मा यस अघि कार्यक्रम सम्पन्न गरिसकेको छ ।
यसैगरी कार्यक्रम अन्तरगत भाद्र ९ गते बाँकेको नरैनापुर गाँउपालिका वडा नम्बर ४ मा प्रहरी र नागरिक बिचको अन्तरसम्बाद सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नरैनापुर प्रहरी चौकीका प्रहरी हवल्दार केबी बस्नेतले प्रहरी र नागरिक बिच सहकार्य गरेर अगाडी बढेमा मात्रै समाजमा शान्ति सुब्यवस्था कायम हुने बताए । उनले प्रहरी भन्ने बित्तिकै डरको मानशिकताले नहेरी समुदायकै ब्यक्तिको रुपमा हेर्न अपिल गरे । आम नागरिकहरुले समाजमा हुने हरेक गतिविधिको बारेमा जानकारी गराएमा सम्बन्ध सुमधुर हुने तथा सामाजिक सदभाव कायम गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिनेस शर्माले समाजमा केही समस्या आएमा एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताए । उनले वडा कार्यालयले प्रहरी र नागरिक बिचको सम्बन्ध बिस्तार तथा मजबुद बनाउन लागि पर्ने बताए । बासका केन्द्रीय सदस्य मकबुल अहमद मुकेरीले संचालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास परियोजना संयोजक शम्भु शाहीले गरेका थिए । कार्यक्रममा ४० बढीको सहभागिता रहेको थियो ।

१० भाद्र २०७६ मा प्रकाशित
Nabintech