कोहलपुर ११ भाद्र/कविन्द्र परियार/बाँकेको कोहलपुरका युवा समाजसेवी उमेश शाहीले खजुरा गाउँपालिकाका मृगौला पीडित अमित दर्जीलाई मंगलबार आर्थिक सहयोग गरेका छन । शाहीले मृगौला पीडित परिवारलाई नगद १० हजार सहयोग गरेका हुन । उनले अमित दर्जी बचाउ अभियान अन्र्तगत सहयोग गरेका हुन । दुखमा परेका मानिसलाई सहयोग गर्नु मानविय धर्म हो उहाँको उपचारमा सहयोग पुयोस भनेर मैले सक्दो सहयोग गरेको हुँ । शाहीले भने । मेरो सानो सहयोगले उहाँको उपचारमा पछिल्लो समयमा विविध सामाजिक काम तथा सहयोगमा जुटेका शाहीले केही दिन अघि आफ्नो जन्मदिनको अवसरमा कोहलपुर स्थित निलसागर वृद्धाश्रममा पुगेर त्यहा रहेका जेष्ठनागरिकहरुका लागी करिब २० हजार बराबरको सहयोग गरेका थिए ।
त्यस्तै उनले कोहलपुरकै छल्ली चन्दको उपचारका लागी १० हजार सहयोग गरेका बताए । पछिल्लो समयमा समाजिक क्षेत्रमा सक्रिय ३० वर्षिय युवा समाजसेवी शाही अन्य सामाजिक क्रियाकलापमा समेत सक्रिय रहेका छन । आगामी दिनमा समाजिक क्षेत्रमा लागेर समाजसेवा गर्ने शाहीको भनाई छ ।