कौशिल्या अस्पतालद्धारा एम्बुलेन्स सेवा सुरु

पिपलबाेट संवाददाता


कोहलपुर ११ भाद्र/कविन्द्र परियार/बाँकेको कोहलपुरमा रहेको कौशिल्या अस्पताल प्रालीले एम्बुलेन्स सेवा सुचारु गरेको छ । विरामीहरुको मागलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक राम प्रसाद न्यौपानेले जानकारी दिए । आकस्मिक तथा टाढाका विरामीको माग अनुसार एम्बुलेन्स सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालले २४ घण्टै एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

यस्तै अस्पतालले अब हरेक महिनाको पहिलो शनिबार निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने भएको छ । अस्पतालका वरिष्ठ जनरल फिजिसियन द्धारा निशुल्क स्वास्थ्य परिक्षण गर्ने तथा सुगर निशुल्क परिक्षण गर्ने अस्पताालले जनाएको छ । त्यस्तै अन्य थाईराईड, कलेजो लगायतका सबै प्रकारका जाँचमा २० प्रतिशत छुट तथा औषधीमा समेत ५ प्रतिशत छुट दिईने बताईएको छ ।

११ भाद्र २०७६ मा प्रकाशित
Nabintech