दुुर्घटनामा परी तीनको मृत्यु

पिपलबाेट संवाददाता


पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको बस दुर्घटना भएको छ  राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । बिहान करीब ४ बजेतिर गाडीको ब्रेक फेल भएर सुखेतको हर्रेको नजिकै दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको हो ।  दुर्घटनामा परी ती जनाको मृत्यु भएको छ । एक जनाको घटना स्थलै मृत्यु भएको थियो भने बाँकी दुई जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका ४ की ५१ वर्षिय हाजिरी बादि र जाजरकोट जिल्ला बारेकोट गाउँपालिका ४ की २५ वर्ष लक्ष्मी बस्नेत रहेको प्रहरीले  जनाएको छ । साथैै नेपालगञ्ज मेडिकलल शिक्षण अस्पताल कोहलपुरमा २४ जना घाईतको उपचार भईरहेका मध्ये ४ जनालाई थप उपचारका लागि भारत स्थित लखनऊ लगिएको छ । पुरानो गाडि र तिव्र गतिका कारण सडक दुर्घटनामा परिएको नेपालगञ्ज मेडिकलल शिक्षण अस्पताल कोहलपुरमा गरिरहेका घाईते जाजरकोट नलगाड नगरपालिका ४ का गोविन्द बादिले जानकारी दिएका छन् । घाईते बादीका अनुसार गाडि चालकले तिव्र गतिमा चलाएकाकारण घटना घटेको बताएका छन ।

११ भाद्र २०७६ मा प्रकाशित
Nabintech