महिला उद्यमीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


नेपाल घरेलुर तथा साना उद्योग महासंघ कोहलपुर नगरकमिटि महिला उद्यमी समिति बाँकेले उद्यमी भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले महिलाहरु पछिल्लो समय आत्मानिर्भर बन्नका लागि उद्यमी गरिरहेको बताउँदै उद्यमी गर्ने महिलालाई राज्यले उचित सम्मान गर्नुपर्ने बताईन् । साथै उनले देश विकास र राष्ट्रको परिवर्तनमा महिलाहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै उद्योग व्यवसायमा पनि महिलाहरुले पछिल्लो समय महत्वपूर्ण स्थान ओगटेको बताईन् । पछिल्लो समय तीजलाई विकृतिका रुपमा लिने गरेको प्रति दुःख व्यक्त गर्दै उनले तीजलाई सबैले मौलिक र ऐतिहासिक पर्वका रुपमा आत्मासाथ गर्नुपर्ने बताईन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरकमिटि महिला उद्यमी समितिकी प्रमुख असोका केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महिला उद्यमी लगायतको सहभागिता रहेको थियो ।

११ भाद्र २०७६ मा प्रकाशित
Nabintech