बाँकेको कोहलपुरमा तीजको अवसरमा पारी शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघ कोहलपुर नगरकार्य समितिले यही १३ गते तीजको अवसर पारी शुभकामना आदान प्रसाद कार्यक्रमको आयोजना गरिने आज प्रेस विज्ञप्ती माफर्त जानकारी गराईएको छ । नेपाल महिला संघ कोहलपुर नगर कार्य समितिकी कार्याबाहक सभापति बाल कुमारी सापकोटाले यहि १३ गते भेरी शित भण्डारको सभा हलमा महिला संघमा आवद्व लगायत अन्य महिलाहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेकी छिन् ।
११ भाद्र २०७६ मा प्रकाशित