राष्ट्रिय सगितकर्मी संग बाँकेको आयोजनामा संचालन भएको बागेश्वरी सिङ्गिङ आईडलको यही भदौ १४ गते फाईनल हुदै छ यसै सन्दर्भमा पत्रकार कविन्द्र परियारले आईडल संयोजक ओम शर्मा संग गरेको कुराकानीको
शर्मा ज्यू यहाँलाई स्वागत छ ?
– धन्यवाद ।
२. बागेश्वरी सिङ्गिङ आईडल सञ्चालन गर्नुको खास उद्देश्य के हो नी ?
– बाँके जिल्लामा रहेका गायन प्रतिभाहरुको पहिचान गर्नु प्रमुख उद्देश्य हो । संगितलाई पश्चिम क्षेत्रमा खासै महत्व नदिएको अवस्था छ । संगित प्रति कसैको चासो नदिएकाले हामीले भित्र लुकेर रहेका प्रतिभाहरुलाई कसरी बाहिर ल्याउने भन्ने कुरालाई जोड दिनका लागि बागेश्वरी सिङ्गिङ आईडलको सञ्चालन गरेका छौं ।
३.बागेश्वरी सिङ्गिङ आईडलमा विशेष गरी सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता देखिन्छ । के विद्यालयलाई मात्र लक्षित गर्नु भएको हो ?
– हो, हामीले सबै भन्दा बढि जोड विद्यालयलाई दिएका छौं । सामुदायिक र संस्थागत विद्यालयहरुलाई नै लक्षित गरी सञ्चालन गरिएको हो । बाँके जिल्लाका विद्यालयहरुलाई समेटेर स्कुल स्तरीय भनेका छौं । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा कसरी बाहिर ल्याउन सकिन्छ र विद्यार्थीहरुको प्रतिभालाई पहिचान गरी कसरी भवष्यिमा संगित तर्फ लाग्न सकिन्छ भन्ने कुरालाई नै बढि जोड दिएका छौं ।
४. फाईनल प्रतियोगिताको तयारी कसरी गर्नु भएको छ ?
– फाईनल प्रतियोगिताको तयारी भव्य रुपमा गर्दछौं । हामीले एक सय विद्यालयबाट ३ सय जना विद्यार्थीको अडिसन लिएका थियौं । अहिले उत्कृष्ट २५ जना छनौंट भएका छन् । अब उत्कृष्ट १० र उत्कृष्ट ३ बनाएर उत्कृष्ट गायकका रुपमा छनौट गर्ने छौं ।
५. उत्कृष्ट ३ मा छनौट हुनेलाई पुरस्कारको व्यवस्था गर्नु भएको छ ?
– पुरस्कार त हामीले उत्कृष्ट २५ जनालाई नै गरेका छौं । विशेष गरी संगित कक्षामा समावेश गर्ने लगायतका छन् । प्रतियोगिताको प्रथम हुनेलाई ५० हजार नगद र एउटा गीत रेकर्ड गर्न पाउँछन्, द्वीतिय हुनेलाई ३० हजार नगद र एउटा गीत रेकर्ड गर्न पाउँछन् र तृतीय हुनेलाई २० हजार नगद र एउटा गीत रेकर्ड गर्न पाउँछन् ।
६. यहाँ आउँदासम्म सहयोग कतिको पाउनु भयो ।
– यो प्रतियोगिता पहिलो पटक भएकाले सबै ठाउँ पुग्न सकिएन् । प्रतियोगितामा विद्यालय, संघसंस्थाहरुले पनि सहयोग गरेका छने भने नेपाल नागरिक उद्यम सहकारी संस्थाले मूख्य प्रायोजक भएर सहयोग गरेको छ । कौशिल्या अस्पताल, दिपशन टुर्स एण्ड ट्राभल्स प्रा.लि. पनि सहयोग गरेका छन् । प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवाद छ ।
७. प्रतियोगिता सञ्चालनका चुनौतिहरु के के देख्नु भएको छ ?
– चुनौतिहरु धेरै छन् । आर्थिक रुपमा अलि कमजोरै छौं । व्यवस्थापन कुरामा केहि कमजोरी रह्यो । समूहगत कार्यमा केहि कमी भएको महसुस भएको छ । यी र यस्तै कारणले चुनौतिहरु धेरै छन् र यस्ता चुनौतिको कुनै प्रवाह नगरी हामी प्रतियोगितालाई सफल बनाउँदै छौं ।
८. यहाँ आईडल संयोजक पनि हुनुहुन्छ । बाँकेको पाँच वटा स्थानिय तहमा यो आईडल सञ्चालन गरिरहँदा कस्तो अनुभव गर्नु भयो ?
– कुनै पनि कार्य गर्दा सकरात्मक र नकरात्मक पक्ष हुन्छन् नै । प्रतियोगिता सञ्चालन गर्दै गर्दाको हकमा केहि राम्रा पक्ष र केही नराम्रा पक्षहरु छन् । जस्तै विद्यालयहरुमा विद्यार्थीहरुलाई प्रतियोगितामा सहयोगि गराउनु प¥यो भन्दा कुनै कुनै विद्यालयहरुले यस प्रति कुनै पनि चासो नदेखाउँदा दुःख लाग्ने गरेको छ । कतिपयले यो त कमाई गर्ने काम हो भन्ने जस्ता विचार व्यक्त गर्नु भयो । कतिपयले प्रतियोगिता सफल बनाउन मन देखिनै सहयोग गर्नु भएको छ । दुबै पक्षलाई आत्मासाथ गरी आगामि दिनका यात्राहरुलाई तय गर्नुपर्छ भन्ने सोच बनाएको छु ।
प्रतियोगिताको अन्तिम चरणमा आईपुग्दा, विद्यालय, अभिभावक लगायतको सहयोग कस्तो छ ?
– प्रतियोगितालाई सफल बनाउन विद्यालय र अभिभावकहरु सकरात्मक भावनाका साथ लाग्नु भएको छ । हामी यहाँहरु प्रति ऋणि छौं । सबैको साथ र सहयोगले यो प्रतियोगिता सफल बनाउन सकिन्छ र अबका दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौं ।